काठमाण्डौ । थुप्रै गीत संगीतमा काम गरिसकेका लोकप्रिय गायक तथा सर्जक अर्जुन गुरुङले आफ्नो पछिल्लो कोसेलीको रुपमा “पर्देशैले खायो बैंश” बोलको गीतलाई भर्खरै सार्वजनिक गरेका छन् । उनले यस गीतलाई अर्जुन दृष्टि म्युजिकको प्रस्तुतिमा सार्वजनिक गरेका हुन् । गुरुङ अर्जुन दृष्टि म्युजिकका संचालक समेत हुन् ।

परदेशमा बोटमा नै पैसा फल्छ भन्ने मानसिकता बोकेर देखासेखीमा आफ्नो जन्मभूमि छोड्ने कयौं नेपालीहरुलाई त्यहाँको यथार्थता बुझाउने जमर्कोको साथमा यस गीतलाई ल्याइएको गुरुङ बताउँछन् । उनि स्वयम् अहिले रोजगारीको सिलसिलामा प्रबाशमा नै रहेका छन् ।

प्रस्तुत गीतमा लया शब्द अर्जुन गुरुङको नै रहेको छ भने स्वर अर्जुन कुँवरको सुन्न सकिन्छ । राजेन्द्र बजुरलिको संगीत संयोजनबाट तयार भएको यस गीतलाई अर्जुन दृष्टि म्युजिक नामको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

निकै मर्मस्पर्सी या गीतको म्युजिक भिडियोमा अर्जुन गुरुङ कै जीवन्त अभिनय देख्न साकिन्छ । यसैले पनि उनलाई लोकप्रिय गायक तथा सर्जक संगै अब कुशल मोडल भन्न पनि सुहाउने भएको छ । देब बोहराको निर्देशनमा तथा छ्हयांकनमा तयार भएको भिडियोलाई सम्पादन भने निशान एस के ले गरेका हुन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला । 

तपाईको प्रतिक्रिया