काठमाडौं– वरिष्ठ राजनीतिज्ञ राधाकृष्ण मैनालीले वर्तमान प्रधानमन्त्री ओलीसँग प्रशासन चलाउने कुनै पनि क्षमता नभएको आरोप लगाएका छन् । शुक्रबार सुत्र टिभीको ‘सुत्र बहस’ मा कुरा गर्दै पूर्वमन्त्री समेत रहेका मैनालीले वर्तमान प्रधानमन्त्री केपी ओलीकै कारण गणतन्त्र र वर्तमान व्यवस्थामाथि खतरा भएको आरोप लगाएका छन् । उनले प्रधानमन्त्री ओलीले सबै कुरा जान्ने मै मात्रै हुँ भन्ने अहंकार पालेकाले र विज्ञहरुको कुरा नसुन्दा देशको अवस्था झन् झन् विग्रिदैँ गएको दावी गरे । उनले नेकपाका नेताहरु आफ्नै स्वार्थमा लिप्त हुँदा देशमा विकास हुननसकेको भ्रष्टाचार उत्कर्षमा पुगेको बताए । उनले नेकपाका शीर्ष नेताहरु कम्युनिष्ट बन्ने त परैको कुरा संस्कारिक समेत बन्ननसकेको आारोप लगाए । उनले प्रश्न गरे, एउटा नेता स्वास्थ्य उपचारमा जाँदा अर्कोले दिएको स्वास्थ्यलाभको कामना समेत ग्रहण गर्ननसक्ने यो कस्तो राजनीतिक संस्कार ? उनले यस्तो राजनीतिक संस्कार बोकेका नेताहरुबाट राष्ट्रमा विकास हुननसक्ने समेत ठोकुवा गरे । उनले वर्तमान प्रधानमन्त्री ओली महाकाली सन्धी भन्दा अघि नेपालको नेता भए पनि त्यसपछि राष्ट्रघाती भएको आरोप लगाए । उनले महाकाली सन्धीपछि केपी ओलीको आर्थिक हैसियत एकाएक उच्च बनेको आरोप लगाए । उनले हिँजो बल्ल बल्ल बसको टिकट काटेर यात्रा गर्ने केपी ओली १० जनासहित जहाज चढ्ने कसरी बने भनेर प्रश्न समेत गरे । उनले वर्तमान अवस्थाबाट मूलुकलाई पार लगाउन पूर्वराजा र वर्तमान राजनीतिक नेतृत्व एक ठाँउमा आउनुको विकल्प नरहेको प्रष्ट पारे । उनले भने, ‘यदि पूर्व राजा र वर्तमान राजनीतिक नेतृत्व एक ठाँउमा आउन सकेनन् भन्ने देश सिक्किमिकरण हुने निश्चित छ ।’
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
गण्डकीका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिदै
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिदै छन् । गण्डकी प्रदेशको आज अपराहन्न ३ बजे बस्ने ...
किच किच सार्बजनिक
गायक विजय घिमिरे ( भि जे ) र जे अथर को नयाँ गीत किच किच सार्बजनिक भएको छ। आर एन बि शैलीको उक्त गीत लाई भि जे,जे अथर र यु...
डि आर अटुको निर्देशनमा ‘परदेशी जिन्दगी’ सार्वजनिक
काठमाण्डौं । गायक विनोद राईको स्वरमा रहेको ‘परदेशी जिन्दगी’ गीतको भिडियो सार्वजनिक भएको छ । राजेश केसीको शब्द , डि आर अट...
उर्लाबारी महोत्सवमा भोली आउदै समिक्षा अधिकारी
काठमाडौं : चर्चित गायिका समिक्षा अधिकारी उर्लाबारी महोत्सवमा आउने भएकी छन्। आज रचना रिमालले आफ्नो सांगितिक प्रस्तुती दिन...
फिल्म ‘फर्की फर्की’ हिट हुने संकेत : एक दिनमा नै साँढे चार लाख कट्यो गीतको भ्युज
मोरङ : फिल्म ‘फर्की फर्की’मा समावेश गीत ‘अन्तिम माया’ले रिलिज भएको एक दिनमा नै साढे चार लाख भ्युज कमाई सकेको छ। अनमोल के...
वेस्ट इन्डिज ए विरुद्ध नेपालको सान्त्वना जित
काठमाडौँ । नेपालले वेस्ट इन्डिज ए विरुद्धको टी-२० सिरिजको अन्तिम खेलमा जित हासिल गरेको छ । शनिबार सम्पन्न खेलमा नेपालले ...