एजेन्सी । अभिनेत्री करिना कपुरले अभिनेता सैफ अली खानसँग बिहे गरिन् । उनी सैफकी दोस्री श्रीमती हुन् । सैफले यसअघि अभिनेत्री अमृता सिंहसँग बिहे गरेका थिए । अमृता र सैफको सन् १९९१ मा विवाह भएको थियो ।

त्यतिबेला करिना ११ वर्षकी थिइन् । बालिका करिना सैफ र अमृतालाई शुभकामना दिन बिहे भोजमा पुगेकी थिइन् । उनले सैफको वैवाहिक जीवनको शुभकामना दिँदै भनेकी थिइन्, ‘अंकल, बिहेको बधाई !’

कालान्तरमा उनै ‘अंकल’सँग करिनाले बिहे गरिन्, सन् २०१२ मा । उनीहरूको एक जना छोरा छन्, तैमूर । एक अन्तर्वार्तामा करिनाले एउटा शर्तमा सैफसँग बिहे गरेको बताएकी थिइन् । उनले सैफसँग बिहेपछि पनि आफूले काम गर्ने शर्त राखेकी थिइन् र सैफले स्वीकार गरे ।

तपाईको प्रतिक्रिया