काठमाडौ । नेपाली फिल्म बन्ने क्रम जारी रहेको छ । प्रदीप पाठक (नक्कली प्रचण्ड)ले निर्देशन गरेको फिल्म ‘ठुलो माछा’ छायाँङ्कन काभ्रे काठमाडौ , आसपास जिल्लामा सुटिङ भइरहेको छ । निर्देशक प्रदीपका अनुसार फिल्मको ९० प्रतिशत काम समाप्त भइसकेको छ ।
कमेडी फिल्म भनिएको ‘ठुलो माछा’मा नेपाली टेलिफिल्मका नाम चलेका कलाकारहरुले अभिनय गरेका छन् । फिल्ममा महादेव त्रिपाठी ,एलिना बास्कोटा, सारदा गिरी (कालीवुढी),उत्तम केसी ,प्रदीप पाठक (नक्कली प्रचण्ड¬),लक्ष्मी गिरी, लगायतका कलाकारको मुख्य भुमिका रहेको छ । ह्याप्पी पाठक इन्टरटेन्मेन्टको ब्यानरबाट निर्मित भएको ‘ ठुलो माछा ’लाई फिल्मलाई प्रकाश पाठकले लगानी हुन् । यसका सह निर्माताका रुपमा राम शरण खत्री रहेका छन् ।
फिल्मले समसामयिक घटनालाई कमेडीमा फिल्मको पर्दामा उतार्न लागिएको निर्माणपक्षले जानकारी दिएको छ । फिल्मलाई दर्शकले फागुन अन्तिम साता हलमा हेर्न पाउने निर्देशक पाठकले बताएका छन् ।





































