चलचित्र ‘म यस्तो गीत गाउँछु’ को ‘दुःखको काँडा’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा देवल भण्डारीको शब्द तथा सनिष श्रेष्ठको आवाज रहेको छ, भने गीतमा अर्जुन पोखरेलको संगीत रहेको छ । चलचित्र फागुण २३ गतेबाट रिलिज हुने भएको छ ।
‘म यस्तो गीत गाउँछु’ चलचित्रको सार्वजनिक पहिलो गीत ‘तिम्रो घरको वरीपरी’ ले युट्युव ५० लाख भ्यूज पाएको छ । र त्यसपछि दोस्रो गीत ‘दुःखको काँडा’ सार्वजनिक भएको छ । यो गीतले प्रेमीले प्रेमिकाप्रति देखाएको मायाको आशक्तीलाई देखाएको छ । रामजी लामिछानेको कोरियोग्राफी रहेको यो गीतको भिडियोलाई सौरभ लामाले खिचेका हुन् । यो चलचित्रमा जन्म जय र साम्पाङ राई सह–निर्माताको रुपमा छन् । चलचित्रका निर्देशक सुदर्शन थापा हुन् । थापाले चलचित्रमा गीत छनोटमा पनि खुबै ध्यान दिने गरेका छन् । यसपटक पनि उनी यो कुरामा सफल देखिएका छन् । चलचित्रको गीतको भिडियोमा नायक पल शाह र नायिका पूजा शर्माको अभिनय रहेको छ । पूजा र पलको केमेष्ट्री पहिलो गीतमा जस्तै यसमा पनि जमेको छ ।




































