काठमाडौं : योगेशकाजी र सारिका घिमिरेको स्वरमा रहेको लोकप्रिय गीत ‘ऐसेलुको पात’को भिडियो पुनः जुनियर कार्टुन क्रुजको अभिनयमा स्रोता/दर्शकमाझ आएको छ । योगेश काजीको शब्द, सङ्गीत र सङ्गीत संयोजनमा रहेको जुनियर कार्टुन क्रुजको अभिनय रहेको भिडियो सार्वजनिक भएको छोटो समयमै ट्रेडिण्ङमा पर्न सफल भएको छ ।
एचवीन एन किस्मतको मिक्सिङ/मष्टरिङ, ज्ञानेन्द्र शर्मा हुमागाईंको छायाँकन, सुरोज अधिकारीको सम्पादन रहेको गीतको भिडियोमा सरोज अधिकारीको निर्देशन र आस्मा, पेम्बा तथा निमबाबुको कोरियोग्राफी रहेको छ । गीत जति राम्रो छ जुनियर कार्टुन क्रुजको अभिनय रहेको गीतको भिडियो त्यतिकै राम्रो बनेको छ ।
अभिनयसँग सँगै गायनमा आफूलाई शसक्त रुपमा प्रस्तुत गर्दै आएकी नायिका तथा गायिका सारिका घिमिरेको स्वरमा रहेका गीतहरु स्रोता/दर्शकको रोजाइमा परेका छन् भने गायक योगेशकाजीका पनि थुप्रै गीत लोकप्रिय छन् ।
‘हाम्रा अन्य गीत जस्तै ‘ऐसेलुको पात’ले पनि स्रोता/दर्शकको माया पाइ रहेको छ । ‘नयाँ भिडियोलाई अत्यधिक मन पराइदिनु भएकोमा सबै प्रति अभारी छौ’ योगेश/सारिकाले भने ।