काठमाडौँ – होलीको अबसरलाई पारेर गायक सुमन डागींँको नयाँ गीत “पाउरोटी” सार्वजनिक भएको छ । केही समय अगाडि गीतको टिजर सार्वजनिक भएको थियो ।
गीतमा गायक सुमन डागीँ र चर्चित गायिका मेलिना राईको स्वर रहेको छ । गीतको शव्द हरि थापा र कुन्दन क्षेत्रीले लेखेका हुन् भने संगीत पनि हरि थापाको नै रहेको छ । उक्त गीतको कन्सेप्ट तथा निर्देशन मोडल सुनिल क्षेत्रीले गरेका हुन् । भिडियोमा सुनिल सँगै मोडल स्नेहा केसीको अभिनय रहेको छ । भिडियो हेर्नुहोस :