अघिल्लो गत बर्ष सार्वजनिक भइ अत्याधिक लोकप्रिय बनेको भजन ‘हरेराम हरे कृष्ण’को अपार सफलता पछि गायक सशान कंडेलले नयाँ भजन ‘हरेराम हरे कृष्ण २ हरि बोल’ रिलिज ‘गरेका छन । पहिलो भजनको तुलनामा अझ बढी मेहनतका बनाइएको यो भजनको अडियो र भिडियो निकै नै उत्कृष्ट बनेको छ। इस्टन र वेस्टनको फ्युजनमा बनेको यो भजनले अहिलेका नयाँ पुस्ताहरुको पनि एक्दमै मन जितेको छ साथै बच्चा देखि बुढासम्मले पनि एकद मै मन पराएको यो भजनको शब्द सशानको आफ्नै रहेको छ भने संगीत राजेन्द्र बजगाइको रहेको छ। गीतको भावअनुसार भिडियो पनि निकै उत्कृष्ट बनेको छ। बुद्ध थापा र ओम प्रसाइको भिडियो छायांकन , बिकास दाहालको सम्पादन, र निर्देशन स्वयम सशान कंडेलकै रहेको छ। शब्दको भावअनुसार उत्कृष्ट ढङले छायांकन गरिएको यस ‘हरेराम हरे कृष्ण २’ ले पनि सार्वजनिक भएको केहि दिनमै पहिलो भजन जत्तिकै स्रोता र दर्शकको माया र साथ पाइरहेको छ।