काठमाडौँ – गायिका सुजता केसी एक डान्सिङ गीतका साथमा बजारमा आएकी छिन् । केहि चलचित्र, आधुनिक गीत तथा एल्बममा आवाज दिएकी केसी केहि समयको अन्तरालपछि गीत लिएर आएकी छिन् ।

सार्वजनिक गीत लोकराज अधिकारीले लेखेका हुन् । गीतमा अर्जुन पोख्रेलको संगीत तथा संगीत संयोजन सुन्न सकिन्छ । ‘बाजा बजाउँदै’बोलको सार्वजनिक गीतको म्यूजिक भिडियो समेत निर्माण गरिएको छ । म्यूजिक भिडियो निर्माण शुसिल शर्माले गरेका हुन् ।

कजिश श्रेष्ठले निर्देशन गरेको म्यूजिक भिडियोमा कोरियोग्राफी पनि काजिशकै रहेको छ । अर्जुन तिवारीको टिमले छायांकन गरेको गीतको भिडियो सम्पादन दिपक बिष्टले गरेका छन् । गीतको भिडियो :

तपाईको प्रतिक्रिया