काठमाडौँ – भूकम्पमा विश्वभरबाट सहयोग प्राप्त हुँदा, सम्बन्धित पिडितसम्म पुग्न सकेन बरू त्रिपालदेखि अन्य सामग्री मन्त्री र पहुँचवालाको कब्जामा पुगेको प्रष्ट नै छ । सरकार र आशेपासेले मात्रै भूकम्पको असली राहत प्राप्त गरे । आफूलाई मात्रै नभएर सात पुस्तालाई पुग्ने गरि । यसपटक यस्तै देखिदैंछ । हुन त अरूबेला पनि भष्टचार नभएको त कहाँ हो र ? लाउडा काण्ड, ३३ किलो सुनकाण्ड, बालुवाटार जग्गा काण्ड, यतिकाण्ड, एनसेल काण्ड आदि इत्यादि । कति छन् कति । तर, अरू बेलाको भन्दा विश्वमहामारीको बेला भएको भष्टाचारले अलि ज्यादा मन दुख्दो रहेछ, त्यहाँ माथि स्वास्थ्य जस्तो संवेदनशील बिषयमा हेलचक्राई भइरहेको अवस्था छ । यो महामारीको स्थितिमा सबै सहयोगमा जुट्न पर्ने हो ।

कोभिड-१९ विश्वमहामारीले विश्वभरका राजा र मन्त्रीका ढोकामा दस्तक दिइरेका छन् । तर, यहाँ पुतली बगैचाको पालमुनी बसेको निर्णयले करौंडोको भ्रष्टाचारको कुरा आईरहेको छ, नेपाली जनताको जिउ धन माथि खेलवाड गरिदैछ । सिमानामा अलपत्र परेका जनतालाई देशमा ल्याउने, स्वास्थ्य उपचार, आर्थिक चाँजोपाँजो मिलाउनु पर्नेमा लाठीचार्ज गरिदैछ । त्यसमाथि औैषधि उपकरणमा भ्रष्टचार गर्नु यही हो शून्य भ्रष्टचारप्रति शहनशीलता ?

जनतालाई दिइने भनिएका राहत प्याकेज पुगेका छैनन् । भारतले जे जे गर्छ त्यसैको कपि गरिएको छ । नेपाल सरकार आफ्ना पनि योजना भए तुरुन्त लागु गर । यो सबै क्षेत्रका श्रमजीवीलाई लगायत चलचित्र क्षेत्रका श्रमिकहरु कहाँ पनि पुग्नु पर्छ । यसमा ढिलाई गरिनु हुँदैन । सरकारमा रहेका केही मन्त्रीहरुले गरेका भष्ट्राचारले सरकार नै बदनाम भइसकेको छ । यसबारे नेपाली जनता वाक्क भइसकेका छन्, र उचित समयमा जनताले छिनोफानो गर्नेछन् ।

अन्त्यमा, दिनरात खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी प्रति मनैदेखि सलुट गर्दछु । सञ्चारकर्मी, समाजसेवी, स्थानीय पालिकाका कार्यकर्ताहरुले विदेश फर्केका नेपालीको लगत राखेर उहाँहरुमा जनाउनु भएको सद्भावप्रति चलचित्रकमर्मीको नाताले सम्मान गर्दछु । किन कि त्यही लगतले महामारीविरुद्ध लड्न सघाउँदैछ । साथै दुःख, पीडासँग जुधिरहनु भएका देश बिदेशमा रहनु भएका आम नेपाली दाजुभाई तथा दिदीबहिनी साथै विश्वका मानवजाति प्रति ऐक्यबद्धता कायम हुन सके यो भयावह अवस्थाबाट मुक्ति पाउन सकिन्छ ।

नवल खड्का, चलचित्रकर्मी एवम् सामाजिक अभियान्ता ।

तपाईको प्रतिक्रिया