राना भाइरसको जोखिमका कारण सरकारले देशलाई चैत्र २५ सम्म लकडाउनको घोषणा गरेको छ । अझै चैत्र २५ मै लकडाउन खुल्ने नखुल्ने कुनै टुङ्गो छैन । विश्वभर कोरना भाइरसको जोखिम बढ्को क्रममा छ । सरकारले सबैलाई घर भित्रै रहेर सचेत हुन अनुरोध गरिएको छ ।
लकडाउनको समयमा फिल्मका प्राविधिकहरुलाई आफ्नो गुजारा चलाउन कठिनाई भईरहेको नेपाल चलचित्र प्राविधिक संघले जनाएको छ । संघले उक्त कुराको जानकारी गराएर राहतमा जुट्न अनुरोध गरे पश्चात राहत अभियानलाई सूचारु ग्रिएको हो । कलाकार दीपकराज गिरी र समूहले १ लाख १० हजार रुपैयाँबाट शुरु गरेको अभियानमा अहिलेसम्म दर्जन बढि कलाकार जोडिएका छन् ।
दीपकराज गिरी समूहको उद्घोषसँगै अभिनेता पल शाहले पनि ५ लाख सहयोग गर्ने घोषणा गरेको हो । यस्तै नायिका बर्षा राउतले पनि राहत अभियानको लागि ५१ हजार सहयोग गर्ने घोषणा गरेकी छिन् । यस्तै लोकेशन नेपाल संस्थाका गौतम नेपालले २ लाख २५ हजार, कलाकार कृष्ण मल्लले ३० हजार, विदेशमा रहेका निर्माता तथा निर्देशक कृष्ण चापागाईले हजार डलर, कलाकार पुष्कर राउतले १५ हजार, निर्माता तथा वितरक गोपालकाजी कायस्थले ११ हजार, निर्देशक तथा पत्रकार लक्ष्मण सुवेदीले ५ हजार सहयोग गर्ने घोषणा गरेका छन् ।
यस्तै रकम नखुलाइएको तर सहयोग गर्ने घोषणा गरेका कलाकारहरुमा रमेश उप्रेती, अनुरागमान सिंह कुवँर, नीता ढुंगाना, गौरव पहारी, केकी अधिकारी, रिचा शर्मा र साकार पन्त रहेका छन् ।
यता नेपाल चलचित्र प्राविधिक संघले विपन्नता व्यवस्थापन कोष खडा गरेको छ ।
कोषका संयोजक प्राविधिक संघका अध्यक्ष पुष्कर लामा रहेका छन् । सदस्यहरुमा बिनोद लामा, अर्जुन पोखरेल, सालिगराम दुलाल, दिव्यराज सुवेदी, गीता पौडेल, दिनेश प्रकाश महरा र गौतम धिमाल रहेका छन् । कोषले सहयोगको लागि अपिल गरेका छन् ।
सबैले गरेको सहयोग रकमबाट खाद्यान्न सामाग्रीको खरिद गरि कोषको सहकार्यमा लोकेशन नेपाल संस्थाले वितरण गरिने निर्णय पनि चलचित्र प्राविधिक संघले गरेको छ । विपन्नता व्यवस्थापन कोषले सम्पूर्ण प्राविधिकहरुलाई कोषसँग सहकार्य गर्न र राहत सामाग्रीको लागि सम्पर्क गर्न समेत अनुरोध गरेका छन् ।
यता निर्माता संघले प्राविधिकहरुको सहयोगको लागि सदैव तयार रहेको जनाएको छ । संघका अध्यक्ष आकाश अधिकारीले समाजिक सञ्जालमा आफ्नो धारणा राख्दै फिल्मसँग आवद्ध संघसंस्थाहरु हातेमालो गरेर अगाडी बढ्न अनुरोध गरेका छन् ।
त्यसमा निर्माता संघ निरन्तर साथमा रहने उनले बताएका छन् । ८० प्रतिशत भन्दा बढि प्राविधिकहरुलाई यतिखेर घर चलाउन गाह्रो भएको प्राविधिक संघले जनाएको छ । यसलाई मध्य नजर गर्दै कलाकार्मीहरुले राहत का लागि अभियान शुरु गरेका हुन् ।