काठमाडौं – विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसका कारण अहिले भारतका फिल्मी बजार ठप्प भएका छन् । कोरोनाको रोकथाम र नियन्त्रणको लागि भारत सरकारले गरेको लकडाउनका कारण रिलिज हुन लागेको फिल्महरु पनि रिलिज भएका छैनन् । यस्तै अभिनेता सलमानले पनि आफ्नो आउँदो फिल्मको रिलिज मिती सारेका छन् ।
भारतिय मिडियाका अनुसार उनको फिल्म ‘राधे’ तोकिएको समयमा रिलिज नहुने भएको छ । आगामी २२ मेमा रिलिज गर्न लागिएको फिल्म ‘राधे’ अब उक्त मितिमा रिलिज नहुने अभिनेता सलमानले बताएका छन् । विश्वभर फैलिएको कोरोनाको संक्रमणबाट डराएका सलमानले घरबाटै भिडियो गरि घरभित्र सुरक्षित बस्नुपर्ने बताएका छन् ।
उनले भिडियोमार्फत नै २२ मेमा फिल्म रिलिज नहुने बताउका हुन् । फिल्मको छायांकन पनि बाकीँ रहेकोले लकडाउनपछि मुम्बईमै गरिने पनि उनले बताएका छन् । प्रभुदेवाको निर्देशनमा निर्माण भएको यस फिल्ममा सलमानसँगै दिशा पटानी पनि रहेकी छिन् ।