काठमाडौं – नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता निखिल उप्रेतीको आज जन्मदिन परेको छ । सर्लाहीको पिपराभित्तामा जन्मिएका निखिलले आज आफ्नो ४५ औं जन्मदिन मनाउदैछन् । लकडाउनका कारण घरमै रहेका निखिलले आफ्नो जन्मदिन परिवारसँग मनाएका छन् ।
उनको जन्मदिनमा अभिनेत्री सञ्चिता लुइटेलले सामाजिक सञ्जालमा शुभकामना दिएकी छिन् । चलचित्र पिँजडाबाट नेपाली चलचित्रमा प्रवेश गरेका निखिलले हालसम्म धेरै चलचित्रमा अभिनय गरेका छन् । चलचित्रमा उनको एक्सन दर्शकले निकै रुचाउने गर्छन् ।