काठमाडौँ – २०७७ साल बैशाख ३ र ४ गते आत्मज्ञान प्रचार संघ र प्रेमरावत फाउण्डेसन नेपालको सहकार्यमा काठमाडौं महानगरपालिका वडा नं २६ को समन्वयमा कोभिड-१९को लक-डाउनका कारणले छाक टार्न गार्हो परेका सर्बसाधारण ५०० परिवारलाई खाध्यान्नहरू (१०केजी चामल, १केजी दाल, १केजी नून, १लि. तेल, १/२ केजी चिनी-१वटा हात धूनें साबुन) सहितको राहत (खाध्य) सामग्रीहरू संघका अध्यक्ष डा. लक्ष्मी जोशी श्रेष्ठ, महासचिव सबिना राजभण्डारी मल्ल, वडा नं. २६ अध्यक्ष खेमराज तिवारी, गोंगबु बृत्तका प्रहरीहरुको उपस्थितिमा मानबिय दुरी कायम गरी गोंगबू स्थित आत्माज्ञान प्रचार संघ परिसरमा ५०० परिवारलाई सौहार्द बाताबरणमा राहत खाध्य सामग्री बितरण गरेको हो। यसै गरी अन्तर्राष्ट्रीय शान्तीप्रवक्ता श्री प्रेम रावतद्वारा स्थापित संस्था प्रेमरावत फाउण्डेसनद्वारा धादिङ्ग जिल्लाको बिकट गाउँ चेपाङ्ग बस्ती तसर्पूमा १००० भन्दा बढी बालबालिका र बृद्धहरूलाई दैनिक नि:शुल्क जन-भोजनको ब्यबस्था गर्दै आईरहेको छ।
आत्मज्ञान प्रचार संघ र प्रेमरावत फाउण्डेसन नेपालको सहकार्यमा राहत वितरण
