नेपाली गीत संगीतबाट कलाकारिता शुरू गरेका कलाकार कमल जिसी लाई छोटो समयमै नेपाली फिल्म कलाकारिता तथा स्टेज कार्यक्रमहरुको दुनियाँमा फापेको कलाकार तथा अग्रनाइजर हुन । उनले छोटो समयमै आफूलाई स्थापित गरेका छन । कयौं म्युजिक भिडियो, विज्ञापन फिल्म तथा एकपछि अर्को गर्दै गीत संगीतमा आफनो अभिनय प्रस्तुत गरेर सबै कलाकारहरुको मनमा बस्न सफल बनेका उनी उनले भन्ने गर्थेै बाले ए काले काले गीतबाट आफनो करिअर कै अब्बल दरिलो खम्बा सावित कलाकार बन्न पुगे । सो गीत मार्फत उनले दर्शक तथा समीक्षकको तारिफ त बटुल्न सफल भए नै, सबैका पिंय कलाकार उनै कमल जिसी पछिल्लो समय नेपालको सबै भन्दा ठुलो एवम पुरानो नेफटा अवार्डमा आयोजकको रुपमा काठमान्डौँको मुटु टुडिखेलमा आयोजना गर्न खोज्नेले बुझाउदछ उनको कलाकारिता प्रतिको स्नेह र मायालाई दशाउछ । सिने कर्मीको उत्सबको रुपमा गर्न लागीएको अवार्ड कार्यक्रममा नेपाली चलचित्र भित्रका विभिन्न ४२ विधालाई समेटने बताए । विगतका वर्षहरुमा विदेशमा आयोजना गरिदै आएको आवर्डमा यस बर्ष १० औ अवार्८ नेपालमै गरिने उनले बताए । कोरोना महामारीबाट विश्व जुधिरहेका कारण अवार्ड कार्यक्रम निधारित मितीमा सम्पन्न गर्न नसकिएको उनले बताए । उनै इभेन्ट अग्रनाइजर तथा कलाकार कमल जिसी सँग सहकर्मी रोशन पोखरेल गरेको कुराकानी यहाँ प्रस्तुत छ ः
आजभोलि के गर्दै हुनुहुन्छ ?
विश्व भरी फैलिएको कोरोना भाइरसको कारण होम क्वारेन्टाइनमा छु । सन्सार भर फैलिरहेको महामारी कोरोना भाइरसको कारण धेरै कार्यक्रमहरु रोकिएको हुँदा फुसर्दको समयमा पुस्तक पढछु, नेपाली सिनेमाहरुमा का साथै आगामी दिनमा कलाकारिता क्षेत्रका लागी नविनतम किसिमको कार्यक्रम आयोजना गर्ने तयारी गरिरहेको छु । जसको कारणबाट नेपाली कलाकारिता क्षेत्रमा विभिन्न किसिमको सकारात्मक परिवर्तन ल्याउनको लागी प्रमुख योग्दान दिन सक्ने किसिमको कार्यक्रम आयोजना एवम कलाकारिता क्षेत्रमा भिनन प्रयास गर्ने किसिमको साथ योजना बनाउदै छु ।
तपाई पछिल्लो समयमा गीत संगीतमा कम मात्रामा सहभागी हुदै हुनुहुन्छ किन होला ?
हजुर ले भने जस्तो कलारितालाई चटटकै छोडेको हैन । अहिले पनी कलाकारिता क्षेत्रमा नै रहेको छु । गीत संगीतलाई माया मारेर कहाँ जानु र ! साङ्गितिक क्षेत्र बाटै बाचेको छु अनि बचाएको छु । गीत गाउने अनि चलचित्रमा नाच्नेहरुलाई बोक्यो हिन्यो ! कैले पूर्व कैले पश्चिम खास गरी घुमेरै जिन्दगी बितिरहेछ्, । अहिले कार्यक्रमको शिलशिलामा देशमा भने कहिले कार्यक्रम आयोजना गर्ने शिलशिलामा बाहिर भएको कारण विगतको तुलनामा कम मात्रामा आफनो कलाकारिता देखिरहनुभएको छ ।
तपाईले नेपाली मौलिक लोक गीत संगीतमा आफनो मनमा रहेका भावना ब्यक्त गदै स्वदेश तथा बिदेशमा थुप्रै कार्यक्रममा सहभागिता जनाउनुहुन्छ ? तपाईले नेपाली कलाकारिताको अवस्था कस्तो पाउनुभयो ?
मैले आधुनिक गीत , लोक गीत तथा पप गीत मा गरी सय भन्दा बढीमा शब्द संगीत गरे भने २०० भन्दा बढी कार्यक्रम गरे होला । हामी पर्दा पछी को कलाकार भन्दा पनि सर्जक हो गीत लेखेरै परिवार लाई खुशी दिन्छु भन्ने त संगीतप्रेमी पागल हो हद सम्म यो दुनियामा आइसकेपछी टिक्नु ठुलो कुरा हो । नाम छ दाम छैन हजुर ! सिस्टम छैन सिस्टम नहुँदा अन्धधुन्दा छ । प्रतिभा भएका सर्जक भन्दा पनी रहरमा आफना सिर्जनाहरु प्रस्तुत गर्ने क्रम पछिल्लो समयमा बढेको छ । जसको कारणबाट कलाकारिता क्षेत्रलाई पछाडि पुयाएको छ । अब कार्यक्रम को कुरा गर्नु पर्दा हाम्रो देसका कलाकार हरुलाई इभेन्ट भन्ने नै थाहा छैन पहिलो कुरा नेपाली दर्शकहरुलाई गाह्रो बुजे पनि नबुजेजस्तो गर्ने बानिले हामी आयोजक पनि अलमल छौ । अर्को कुरा हाल को माहोलमा कार्यक्रम गर्न गाह्रो छ तर रक कन्सोर्टहरु चाही सजिलो छ पैसा पनि छ इज्ज त पनी छ इभेन्ट अर्गनाइजर लाई । हाल सम्म त बिदेसमा कुनै कार्यक्रम गरेको छैन अब मेरो भाबी योजना बिदेस मा रहने नेपाली दाजु भाई सँग मिलेर धेरै भन्दा धेरै काम गर्ने योजना बनाएको छु
मेला महोत्सब गर्ने मान्छे एकासी चलचित्र क्षेत्रको सबै भन्दा ठुलो नेफ्टा अवार्ड्स तथा नेपाल ठुलाठुला ब्यान्ड सँग कसरी पुग्नु भयो यो पनी दर्शकालाई खुलाईदिनुस न ?
जिवनमा धेरै कलाकारिता क्षेत्रर्मा अनि काम प्रती को लगाव बजारमा एजेन्सी हरुको बिस्वास जितेपछी मेला महोत्सब छोडियो यो सब हजुर हरुको माया र सहयोग ले गर्दा स्टेप बाइ स्टेप गर्दै यहाँअ सम्म आएको छु अर्को कुरा म कर्ममा बिस्वास गर्दछु ।
कहिले काही कार्यक्रम गर्ने हरुलाई कलाकारहरु बाट आरोप लगाइन्छ नि ! यो बारेमा के भन्नु हुन्छ ?
स्व भाबिक हो काम गर्दै जादाँ कैले राम्रो कैले नराम्रो हुन्छ तर मैले भने हल्का रुप मा नै लिन्छु मन मिल्ने हरु म सँग काम गर्नु हुन्छ नमिल्ने हरु जानु हुन्छ मलाई य स्तो कुरा ले फरक पार्दैन भन्ने ले जे सुकै भनुन । म मेरो काम मा झुकाब राखेकै कारण आज य हा छु म कसैको पछी दोउडिन्न ।
गीत संगीत मा पूर्ण बिराम लाउदै गर्दा कार्यक्रम बाट कती कमाउनु भयो ?
मलाई पुग्ने जती कमाइ सकेको छु अब नेपाली गीत संगीतलाई सन्सार भर पुराउने धोका छ यो पुरा होला या नहोला तर कोसिस चाही गर्ने छु ।
अन्त्यमा के भन्नु हुन्छ ?
हाल को समय घर बस्ने सम य हो सबै जना घर बस्नुस सुर क्षि त रहनुस यो समय मा घर परिवार लाई दिनुस सँगइ हजुर ले मलाई मेरो बारेमा दुइ शब्द राख्ने मौका दिनु भएको मा तपाईको लोकप्रिय अनलाईन लाई हृदय देखी नै आभार ब्यक्त गर्दछु ।