काठमाडौं – नायिका अदिति बुढाथोकी यतिबेला नेपालमा छिन् । केही वर्षयता मुम्बईमा बसेर बलिउडको ढोका ढक्ढकाएकी उनले अहिलेसम्म त्यहाँ खासै सफलता पाउन सकेकी छैनिन् ।नेपाली फिल्म ‘कृ’ मा अनमोल केसीसँग अभिनय गरेकी अदिति फिल्मका कारण भन्दा आफ्नो ग्ल्यामर तस्वीरका कारण चर्चामा रहन्छिन् । हाल उनी फिल्म ‘बेन्जो’ का लागि नेपाल आएकी थिइन् । तर, लकडाउनका कारण फिल्मको काम रोकिएको छ ।घरमै समय बिताइरहेकी अदितिलाई सामाजिक सञ्जालले चर्चा दिएको छ । उनले पनि सामाजिक सञ्जालमा निरन्तर जसो तस्वीर शेयर गर्ने गर्छिन् ।

तपाईको प्रतिक्रिया