काठमाडौ बैशाख १०
कोभिड १९ नामक भाईरसको कारन सिङ्गो विश्व नै अक्रान्त मात्र बनेन लामो समय देखि पुरै लकडाउनको अबस्थामा छ। नेपाल पनि त्यसको मारमा छ। रोजगारी तथा व्यापार ब्यबसायको लागि एक ठाउँबाट अर्को ठाउमा जाने यात्रुहरु रोकिएर आफ्नो गन्तव्यसम्म पुग्न नसके पछि सास्ती बेहोरि रहेका छन। त्यस्तै शिलशिलामा सोलुखुम्बु र ओखलढुंगा स्थाई घर भै केही समयदेखि अस्थाई रुपमा काठमाडौ बस्दै आएका ट्रेकिङ मजदुरी गर्ने मजदुरहरू रुकुममा अलपत्र परेका छन। मदन राई थुलुङ दुधकोशी गाउँ पालिका, धन बहादुर मगर र दोर्जे राई माप्य दुधकोशी सोलुखुम्बु स्थाई घर भएकामा अर्का एक जना भिम मगर भने छिमेकी जिल्ला ओखलढुंगाका रहेका छन। बिगत लामो समय देखि लकडाउनको सिकार हुनु परेको र खाध्यन्न समेत अभाब भएपछी बासिकोट गाउपालिकाले राहात उपलब्ध गरेको थियो। अब भने ती सबै नेपालीसहित २ जना फ्रान्सेली नागरिकको उद्धार हुने भएको छ। गत चैत्र २ गते काठमाडौबाट डोल्पा हुँदै बेनिसम्मको पैदल यात्रामा निस्केका मजदुर र पर्यटक लकडाउनको कारन चैत्र ११ गते देखि पस्चिम रुकुम बासिकोट गाउँ पालिका को सानिभेरी नदि किनारमा अलपत्र परेका हुन।
लकडाउन र अलपत्र परेपछी आफन्तहरुले स्थानिय सरकार, जिल्ला प्रशासन कार्यलय, र जिल्ला प्रहरी कार्यलयमा उद्धारको लागि आग्रह गरे पनि कुनै पनि निकायले चासो नदिए पछि अलपत्र परेका हुन। यसै बिच थुलुङ दुधकोशी गाउकार्यपालिकाले निर्नय गरि गाउपालिका बाहिर अलपत्र परेका आफ्नो नागरिकहरुको स्थानिय सरकारले उद्धार गर्ने निर्नय सार्बजनिक भए सङ्गै आफन्तहरु गाउपालिका अध्यक्ष अशिम राईसङ्ग उद्धारको आग्रह गरेको थिए। आफन्तहरुको आग्रह लगतै गाउपालिका अध्यक्ष राईले पश्चिम रुकुमका प्रतिनिधि सभा सदस्या तथा माननीय पुर्व गृह, उर्जा मन्त्री जनार्दन शर्मासङ्ग आवस्यक समन्वय गरि उद्धार गर्न लाग्नु भएको हो। अब सबै प्रकृया पूरा गरि मजदुरहरु काठमाडौ फर्किने भएका छन। सबै मजदुर र पर्यटकहरुको उद्धार हुने भए पछि सबै आफन्तहरुले खुसी ब्यक्त गरेका छन भने अध्यक्ष राईलाई प्रती पनि धन्यवाद ब्यक्त गरेका छन।