काठमाडौं । कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले लकडाउन घोषणा गरेपछि व्यस्त कलाकारहरुको दैनिकी फेरिएको छ ।
कतिपय कलाकार राहत बाँड्न निस्किएका छन् भने केही कलाकार घरमै आराम गरिरहेका छन् । अध्ययन, स्क्रीप्ट लेखन देखि कृषि कर्ममा पनि कलाकारहरुको दैनिकी वितिरहेको छ ।
काठमाडौंमा बस्दै आएका नायक आर्यन सिग्देल भने श्रीमती र काखे छोरा लिएर थानकोटमा आमा बुबासँग समय विताइरहेका छन् ।
स्थिति सामान्य भएपछि मात्र काठमाडौं फर्किने सोच बनाएका उनी घरायसी काममा ब्यस्त भएका छन् । लकडाउनको समय उनले खेतमा काम गरेर सदुपयोग गरिरहेका छन् ।
आफ्नो आधिकारिक इन्स्टाग्राममा आमासँग खेतमा काम गर्दै गरेको तस्विर सार्वजनिक गरेका छन् ।
उनी कुटोले तरकारी रोप्नका लागि खेत खन्दै गरेको तस्वीर पोष्ट गरेका छन् साथै छेमा उनकी आमा पनि तस्विरमा देखिन्छिन् ।
आर्यनले खेतमा काम गर्दै गरेको तस्विरलाई उनका प्रशंसकले प्रेरणादायक भनेका छन् । उनले तस्विरसँगै क्याप्सनमा घरभित्रै बस्न पनि आफ्ना प्रशंसकलाई अपिल गरेका छन् ।
उनले लेखेका छन्, ‘ममीसँग काम गर्दै छु । तपाईंहरु आफूलाई मन लागेको कुरा गर्नुहोस् । तर, घरबाट ननिस्कनुहोस् ।’