काठमाडौँ – गरिब पिडित तथा निम्नस्तरको अभिभावकहरुको कोहि पनि सन्तानहरु आधारभूत शिक्षाबाट बन्चित हुन नपरोस भन्ने उद्देश्यले बि. स.२०५३ साल देखि नि: शुल्क शिक्षा सेवामा समर्पित प्रणवानन्द आश्रमले हालको विषम परिस्थितिमा राहत कार्यलाई अगाडि बढाएर यस संकटको घडिमा समेत उदारणीय कार्य गरेको छ ।
अनाथ तथा असहाय बालबालिकाको लालनपालन र शिक्षा दीक्षाको ब्यबस्था गरि सुयोग्य र चरित्रवान नागरिक निर्माण, सनातन आदर्श अवलम्बन गरि यसको संरक्षण र सम्बर्धन गर्ने, भावी पुस्तामा आध्यात्मिक ज्ञानको प्रभाव बिस्तार गर्ने,यस आश्रममा आश्रीत बालबालिकाहरुलाई विभिन्न उच्च पेशा ब्यबसायमा लैजाने र माध्यमिक तह सम्मको निशुल्क शिक्षा उपलब्ध गराउने उद्देश्य राखी संचालित यस आश्रमको अहिले राहत बिहिनहरुलाई राहत वितरण गर्दै आएको र यस कार्यलाई गुहेश्वरी बिनायक युवा क्लबले पुर्ण रुपमा सहयोग गरेको कुरा आश्रमका महाराजले बताउनु भएको छ । हालसम्म चारसय भन्दा बढी ब्यक्तिहरुले त्यहाँबाट राहत सहयोग लिसकेको र आगामी दिनमा पनी आवश्यक परे यस्तै सेवाम लाग्ने कुरा क्लबका अध्यक्ष कृष्ण ओडारीले बताउनु भएको छ ।