काठमाडौं – विश्वभर महामारीको रुपमा फैलिएको कोभिड-१९ ले गर्दा मानब जिबन अस्तव्यस्त बनिरहेको अबस्थामा कोरोना करहको लकडाउनले घर जान नपाएका दैनिक हजारौं ज्यालादारीका मजदूरहरु, अलपत्रपरेका पिडितहरुलाई गोरखनाथ आश्रमले खाना खुवाउने काम जारी राखेको छ । हाँडीगाउँ पञ्चेश्वरधारा स्थित आश्रमले बिगत २२ दिनदेखि वीर अस्पताल अगाडिको हाल खाली बसपार्क, वसन्तपुर, थापाथली राममन्दिर, कलंकी साथै कोटेश्वरमा दैनिक अलपत्र परेका पिडित मजदूरहरुलाई खानाको व्यवस्था गर्दै आएको हो।
जहाँ–जहाँ खानाको अभाव, त्यहाँ त्यहाँ गोरखानाथ आश्रम भन्ने उद्देश्यले दैनिक १३ देखि १५ सय जना मजदूुरहरुलाई खाना खुवाउँदै गरेको खाना व्यवस्थापनका संयोजक महाराज योगी विश्वनाथ सन्त बताउँछन् । योगी विश्वनाथका अनुसार दैनिक दुई सय केजी चामल, ५० केजी आँटा, एक सय केजी दाल, ५० केजी सब्जीको व्यवस्था हाम्रो आश्रमले गरेको छ ।
संचारकर्मी/समाजसेवी सुर्य चन्द र नेपालको पहिलो महिला चलचित्र निर्देशक/संचारकर्मी/समाजसेवी सुचित्रा श्रेष्ठले सुरुवाती दिन देखि यस अभियानमा सक्रिय भूमिका निर्बाह गर्दै सहयोगको साथमा सहभागी भएर दैनिक रुपमा खाना खुवाउने कार्यमा निरन्तर सेवा गर्दै आएको कुरा योगी विश्वनाथ बताउनुहुन्छ । हरेक दिन देउराली मिडियाले यस अभियानको बारेमा प्रत्यक्ष जानकारी गराउदै आएको कुरा सुचित्रा श्रेष्ठ बताउनुहुन्छ ।
जागो गोरक्ष जागोका गोरख सेवकहरुको समूहले दैनिक अहोरात्र खटेर खाना बनाउने र वितरण गर्ने कार्य गर्दै आएको र पछिल्लो समय काठमाडौँ महानगरपालिकाले समेत खाद्यान्न सयहोग गर्दै आएको यस अभियानका सदस्य शिब अग्रवाल बताउनुहुन्छ । यसैगरी अन्य विभिन्न समाजसेवी व्यक्तित्व लगायत नेपाल प्रहरी श्रीमती संघ द्वारा संचालित आसरा केन्द्र रानीबारीले समेत केहि खाद्यान्न सहयोग गरेको कुरा अग्रवालले जानकारी गराउनुभयो।
“आश्रमले श्रमिक मजदुरहरुलाई मात्र नभएर अलपत्र परेका, पिडित दुखि र राहत नपाएका भोकाहरु सम्पूर्णलाइ काठमाडौँको विभिन्न स्थानहरु बाट खाना वितरण गर्ने गर्दै आएको र लकडाउन अबधिभर यस खाना खुवाउने कार्यलाई निरन्तरता दिने कुरा संचारकर्मी कलाकार तथा समाजसेवी सुर्य चन्दले जानकारी गराउनु भएको छ ।