इलाम , बैशाख १६। फाकफोकथुम गाउँपालिकास्थित फाकफोक खोलामा दाहसंस्कार गर्दागर्दै बाढीले चिता नै बगाइदिएको छ ।

फाकफोकथुम–३ सल्लेरीका ४० वर्षीय रामबहादुर लकान्द्रीको दाहसंस्कार गर्दागर्दै अचानक बाढी आएपछि शव जल्न नपाउँदै बगाइदिएको हो ।

गाउँपालिकाका उपाध्यक्ष सरस्वती राईले दागबत्ती दिनासाथ आएको बाढीले चितासहित शव बगाएको हो ।

फाकफोक खोलाको शीर पाँचथरको घुर्बिसै पञ्चमी र आसपासमा आएको वर्षापछि बाढी आएको थियो । शव जल्न नपाई बगेकाले खोजी जारी छ ।

सोमबार रात परेकाले मंगलबार स्थानीय बासिन्दा, प्रहरी प्रशासन सबै मिलेर खोजविन गरी पुनः दाहसंस्कार गरिने गाउँपालिका उपाध्यक्ष राईले जानकारी दिइन् ।

लाकान्द्रको आइतबार दिउँसो जंगलमा सुंगुरको चारो खोज्ने क्रममा चिप्लिएर मृत्यु भएको थियो ।

हेर्नुहोस  पुरा भिडियो

https://www.youtube.com/watch?v=oTwNOyo3P_Q 

 

तपाईको प्रतिक्रिया