काठमाडौँ – कोरोना भाइरस(कोभिड-१९)को महामारीमा विश्व आक्रान्त बनिरहेको बेला हाम्रो देश नेपालमा पनि कोरोना भाइरसको संक्रमण बढीरहेको छ भने मुलुक महिनौं दिन देखि लकडाउनको अबस्थामा छ । दैनिक मजदुरी गर्ने श्रमिकहरुले लकडाउनको अबस्थामा दयनिय स्थिति भोग्दै आउनु परेको कुरा सर्बबिदितै छ । यस संकटको घडिमा दुखि पिडितहरुको सहारा बन्दै उनीहरुको समस्यालाई मलमपट्टी लगाउने र राहत बिहिनहरुको उद्दार गर्दै र राहत वितरण गर्ने कार्यमा अहिले खटिरहेका छन् मजदुर नेता तथा खेलाडी जनक बर्तौला ।
लकडाउनले गर्दा अलपत्र परेका, दुइ छाक खाना बाट बन्चित दुखि पिडितहरु राहत वितरण कार्यमा अहोरात्र सेवा गर्दै आएका नेता जनक बर्तौलाले सडकमा रहेका जनावरहरुलाई समेत खाना खुवाउदै आएका छन् भने यस विषम परिस्थतिमा बिरामीलाई रगतको कमि नहोस भनेर ब्लड डोनेसन समेत गरेका छन् । जनताको दुखलाइ आत्मासाथ गर्दै सामाजिक कार्यमा अग्रणी भूमिका निर्बाह गर्दै आएका मजदुर नेता तथा खेलाडी बर्तौला हक्की स्वभाबका निडर व्यक्तित्वको रुपमा समेत परिचित छन् । उनि भन्छन जब जब राष्ट्रमा संकट पर्छ, जनताहरुले दुख पिडा भोग्छन त्यति त्यति बेला आफुले सर्बसाधारण जनताको आवाज बनेर उनहरुको प्रतिनिधित्व गर्दै आउने र निम्नवर्गका जनताको हकहितमा लड्दै सामाजिक कार्यमा लागिरहने बताउँछन ।