नारायण बस्नेत

सुटबुटमा चिटिक्क परेर एउटा झोला बोकि ”कमजोर” नाम गरेको केटा आफ्नो वडा कार्यालयको गेटको बाहिर मानिसहरुको भिडमा राहतको लागि उभिरहेको थियो। यतिकैमा पछाडि एउटा अग्लो केटा , लामो कपाल , चिटिक्क मिलेको दारिमा झुत्रे लुगा लाएर स्या स्या गर्दै आइ पूग्यो। उ कमजोर भन्दा पछाडी लाइनमा उभियो । उ पनि केही राहत पाइन्छ कि भनि दौडिदै आएको कुरा कमजोरलाई सुनायो ।\

शक्तिलाई झुत्रे लुगामा देखेर कमजोर छक्क पर्यो । बिश्व नै कोरोनाको चपेटामा परेको बेलामा मानिसहरुलाइ आफ्नो ज्यान कसरी जोगाउने भन्ने कुराको सकस परेको थियो। तेहि माथी सरकारले देशभर लकडाउन गरायो जब छिमेकी देशहरूले आफ्नो जनता नोबेल कोराना भाइरसबाट बचाउन लकडाउन गरेको थियो । त्यो भन्दा सकस त आर्थिक स्थिति कमजोर भएको मानिसहरूलाई भएको थियो कि आफ्नो परिवार यस्तो संकटको बेलामा कसरी बचाउने। धेरैजसोको घरै पूरा रित्तो भएको अवस्था थियो । एक मुठी अन्न पनि घरमा नभएर कयौ परिवार बिचल्ली भइरहेको थिए । सरकारले लकडाउन लागू गरेपछि गरिब तथा निमुखा जनतामा आफुहरु नबाच्ने नैराश्यता छाउन थाल्यो । कोरोनाले भन्दा पहिले यो भोकमरीले चाहिँ अगाडि ज्यान लिने कुराको त्रास बढ्दै गयो । लाइनमा लागेका सबैजसोले राहत पाए । राहात पाउनेहरु खुशी हुँदै गए तर त्यो खुसी कति दिनको लागि थियो तिनिहरु नै जान्दैनन थे। कमजोर आफ्नो पालामा झोला थाप्दै अगाडी बढ्यो ।

राहतदाताले कमजोरलाई सुटबुटमा देखि पछि छक्क पर्दै तपाई पनि राहत लिन आउनु भको यस्तो सुटबुट हुने मान्छे कसरी गरिब हुन्छन ह ? तपाईं घर जानुस। आइन्दा यस्तो मजाक नगर्नुस है । कमजोर बोल्नको लागि मूख खोल्न मात्र लागेको थियो आवाज आयो तपाईं अझै यहि हुनु हुन्छ । अझै जानू भाको छैन ? कमजोर उदास मुहार लगाउदै आफ्नो घरतिर लाग्यो । झुत्रे लुगामा उभिएको शक्तिले भने एक बोरा चामल पायो । चामल बोकेर आफ्नो घरतिर लाग्यो । उसको मुहार आज निकै हर्षित थियो । फटाफट हिडेर कमजोरलाई भेटाउने गरि हिड्यो ।

अलि वर बाटै कमजोरलाइ बोलायो र एकछिन पर्खन अनुरोध गर्यो। मेरो काम त भयो नि तिमिले त राहत पनि पाएनौ क्यारे ।अब मेरो सुट्बुट मलाई फिर्ता गर अनि यो च्यात्तिएको झुत्रे लुगा आफै लगाउ जुन अघि तिमिलाइ लगाउ भनेर देको थिए ।कमजोर गहभरी आँसु झार्दै आफ्नो झुत्रे लुगा लगाएर आफ्नो घरतिर लाग्यो । बाटोमा एक्लै बर्बराउदै जहाँ पनि धनिले नै हस्तक्षेप गर्नु पर्ने जति भए नि न पुग्ने । जे पनि उनिहरुले मात्र पाउनु पर्ने निष्ठुरी भगवान पनि के हेर्छ्न कुनि ।

भगवान किन मलाई यस्तो गरिब बनायौ भन्दै आफ्ना नांगा छोराछोरी माथी आँखा पुरायो । फेरि दु:खको आँसु झार्यो ।

तपाईको प्रतिक्रिया