काठमाडौँ – किरण कृयशन द्वारा निर्माण गरिएको “समृद्ध नेपाल सुखी नेपाली” एल्बममा समाबेश प्रधानमन्त्री के पि शर्मा ओलि द्वारा रचना गरिएको गीत “स्वदेश मै रोजगारी……” को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।नेपाल चलचित्र कलाकार संघ FAAN को सहयोगमा निर्माण भएको भिडियोलाई वरिष्ठ निर्देशक मोहन निरौलाले निर्देशन गर्नु भएको छ । उक्त भिडियोमा पवित्रा आचार्यको कोरियोग्राफी रहेको छ भने प्रधुम्न मिश्रले दृश्यलाई क्यामेरामा कैद गर्नु भएको छ । शान्तिराम राईको संगीतमा शान्तिराम राई र मेलिना राईको स्वर रहेकोछ ।
बरिष्ट अबिनेता रविन्द्र खडका, मोहन निरौला, रमेश पौडेल, चेत ब.सिंह, सुनिल कटुवाल,पवित्रा आचार्य ,रामेश्वर बुर्लाकोटी, उद्दव भट्टराई ,गोपाल ढकाल,जीवन थापा,आशा भुषाल,प्रकृती केसि, अनि बालकलाकार अनुवेशा घिमिरे, आरभी खड्का लगायतको अभिनय र बिनोद बमको सम्पादन रहेकोछ । भिडियो हेर्नुहोस:







































































