काठमाडौँ – कोरोना कहरका बीच तीजको रहर बढिरहेका बेला गीतहरु आउने क्रम जारीनै छ । लोकप्रिय गायिका राधिका हमाल र राजेन्द्र कडेलको आवाजमा रहेको तीज गीत दिदिभाइ बजारमा आएको छ l निर्मला सुवेदीको शब्द रहेको गीतमा राजेश बर्देवाको संगीत रहेको छ भने ओबि रायमाझी र शोभा त्रिपाठिले अभिनय गरेका छन् । गीतमा परदेश बाट स्वदेश आएको भाइ क्वारेन्टाइनमा बस्नु परेको र तीजमा आफ्नो दिदिबहिनी अर्थात चेलिबेटी लिन जान नपाएको र उता माइतिको बाटो हेरेर बसेकी चेलिको ब्यथा कथा समावेश गर्न खोजिएको छ । यसपाली माइत आउन नपाएनी भाइको क्वारेन्टाइन बसाइलाई थप उर्जा र हौसला दिने काम चेलिले गर्छिन भने भाइले पनि दिदिको मनलाई दुखी नबनाउन अनुरोध गर्दछन । गीतलाई बिक्रम चौहानको निर्देशन प्रकाश खड्काको छायांकन र मिलन बिश्वकर्माको सम्पादन रहेको छ । जैमिनी नगर बाग्लुङका मेयर शिक्षा अधिकृत वार्ड अध्यक्ष र शिक्षक बुद्दिजिवी हरुलाइ पणि भिडियोमा देख्न सकिन्छ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
माया प्रेम र वियोगले भरिएको जीवनको रेल लिएर आए गायक सिडी बिजय
काठमाडौँ । गायक सिडी बिजय अधिकारीको मर्म स्पर्शी गीत जीवनको रेल बोलको गीतको भिडियो सार्वजनिक भएको छ । प्रेम वियोगको कथाल...
गीतकार प्रमिला बस्नेतको नयाँ गीत ‘यो जिन्दगीको‘ सार्वजनिक
काठमाण्डौंं । गीतकार प्रमिला बस्नेतको नयाँ गीत ‘यो जिन्दगीको‘ बजारमा आएको छ । ‘यो जिन्दगीको‘ शिर्षकमा रहेको गीतमा गायक स...
राष्ट्रिय भावनाले ओतप्रोत मैथिली गीत ‘हम छी नेपाली’
विराटनगर । राष्ट्रिय भावनाले ओतप्रोत मैथिली भाषामा रेकर्ड गरिएको ‘हम छी नेपाली,नेपाल हमर शान छै’ बोलको गीत रिलिज भएसँगै ...
केशबराज भट्ट निर्देशित निताको ‘अदभूत माया’मा रिलिज (भिडियो )
काठमाडौं । नयाँ बर्ष २०८१ सुरु भए संगै यसको पुर्वसन्ध्या र नयाँ बर्षको दिन परेर धेरै नेपाली गीतहरु सार्वजनिक भए यस्तैमा ...
सुनिल गिरीको नयाँ गीत सार्बजनिक
काठमाडौं, २ बैशाख । गायक सुनिल गिरीले नयाँ गीत ‘कालीगड’ सार्वजनिक गरेका छन्। नेपाली सांगीतिक क्षेत्रमा निरन्तर रुपमा सक...
अनु चौधरी र हसन राईको ‘यि आँखालाई ‘ सार्वजनिक ( भिडियो )
काठमाडौं । चर्चित गायिका अनु चौधरी र गायक हसन राईको युगल स्वरमा रहेको गीत ‘यि आँखालाई ‘ सार्वजनिक भएको छ ।लो...