महिलाहरूकाे पर्व हरितालिका तीजलाई लक्षित गर्दै नयाँ तीज गीत ‘माइतीको माया ’ सार्वजनिक गरिएकाे छ। शनिबार सार्वजनिक गरिएको मार्मिक तीज गीतमा पछिल्लो समयका चर्चित प्रतिभावान युवा सर्जक अनिल खनालको शब्द र गायक रामचन्द्र चन्द र वर्षा मगरको स्वर रहेको छ ।गीतको म्युजिक भिडियोमा साहित्य सीता र गोमाको अभिनय रहेको छ। प्रेम गुरुङ ले निर्देशन गरेको ‘माइतीको माया ’को भिडियोमा सन्तोष बस्यालको छायांकन र सम्पादन रहेको छ।