काठमाडौं – गायिकाद्वय पूजा पुरी र बेलिमाया गोर्खाली तथा गायक यज्ञ बिकको स्वरमा ‘ए दिदी बहिनी’ बोलको तीज गीत रिलिज भएको छ । शारदा पाण्डेको शब्द र यज्ञ बिकको संगीत रहेको तीज गीतको म्युजिक भिडियोको निर्देशन शंकर बिसीले गरेका छन् ।
हिन्दू महिलाहरूले विशेष रुपमा मनाउने तीज पर्व नजिकिदै गर्दा ‘ए दिदी बहिनी’ बोलको गीत रिलिज भएको छ । यज्ञ बिकको युट्युब च्यानलबाट रिलिज भएको यो गीतले राम्रो भ्यु पाएको छ ।म्युजिक भिडियोमा शंकर बिसी, रविना भण्डारी, पूजा पुरी, पविन सेवा र अस्मिताको अभिनय रहेको छ ।




































