काठमाडौं। सुशान्तसिह राजपूतको आत्महत्या प्रकरणमा त्यो बेला ठूलो ‘ट्विस्ट’ आयो, जब उनकी प्रेमिका रिया चक्रवर्ती र महेश भाटको च्याट बाहिरियो।

त्यो च्याटबाट रिया आफैँले सुशान्तलाई छोडेको पनि खुलेको थियो। र, रियाको यो कदमलाई महेश भाटले पूर्ण समर्थन पनि गरेका थिए।

र, अहिले आएर रियाले यो विषयमा खुलेर कुरा गरेकी छिन्। भारतीय टेलिभिजन आजतकसँगको अन्तरवार्तामा उनले आफैँले सुशान्तलाई छोडेको तर, यो कमद लिनुपर्दा आफू एकदमै दुखी भएको बताएकी छन्।

रियाले सुशान्तकी बहिनी घर आउँदै गरेको र सुशान्तले नै उनलाई घरबाट बाहिर जान भनेको दोहोर्‍याएकी छिन्।

रियाले एक थेरापी गर्न सुशान्तले अनुमति नदिएपछि आफू पूर्ण रूपमा निराश भएको र त्यो कुरा महेशलाई सुनाएको बताएकी छन्। र, यसै विषयमा रियाले “के म आफू निराश हुँदा अरूसँग सल्लाह लिन सक्दिन?” भनेर प्रश्न गरेकी छन्।

यति मात्रै नभएर ‘महेश भाट पिता समान’ भएको समेत बताएकी छन्। “जति पटक कुरा हुन्थ्यो, त्यति पटक महेश भाटले मलाई ‘बेटी’ भनेर बोलाउँछन्,” उनी भन्छिन्, “मलाई महेश भाटकी प्रेमिकाको रूपमा प्रस्तुत गरिँदै आएको कुराले एकदमै नराम्रो लागेको छ।”

तपाईको प्रतिक्रिया