बैतडीका दुई महिने शिशु सिवाशं अवस्थीलाइ कलेजो दान गर्ने बुबा महेश अवस्थीको वास्तविक कथामा आधारित अत्यन्तै मार्मिक गीत ‘जिन्दगी’ सार्वजनीक भएको छ । गायक निशान भट्टराईको समधुर आवाज रहेको गीतमा गायिका एबम संगीतकार कमला सापकोटाको शब्द, संगीत र महाराज थापाको संगीत संयोजन रहेको छ । बैतडीका पत्रकार अवस्थीको छोरा सिवाशंको जन्मेको १४ औँ दिन देखि कलेजोमा खराबी आएपछि त्रि बि शिक्षण अस्पताल काठमाडौँमा १ महिना बढी आइसियुको उपचारपछि निको नभएपछि बुवा महेशले दक्षिण भारत चेन्नईको डा. रेला अस्पतालमा पुगेर कलेजो प्रत्यारोपण गरेका थिए । बुवा अवस्थीले छोरालाइ कलेजो दान गरेर विभिन्न कठिनाइ पार गर्दै छोरा बचाएको समाचार निकै चर्चामा आएको थियो । घटनाको बारेमा थाहा पाएपछि नेपाली समाजलाई प्रेरणा दिने खालको वास्तविक घटना भएकोले गीत तयार पार्न गायिका सापकोटाले पहल तथा अगुवाइ गरेको हो । गायिका सापकोटा भन्नहुन्छ महेश ,गीता दम्पतीले सन्तान प्राप्तीको लागि गरेको सघंर्ष सम्झिदा निकै कहाली लाग्दो छ ,सोहि वास्तविकतालाइ मैले आफै शब्द कोर्दै धुन भर्ने प्रयास गरेकी हुँ ,समाजमा छोराछोरी प्रति धेरै बिकृतीहरु सुन्न हेर्न सकिन्छ तर आफनो कलेजो दिएर छोरा बचाउने बाबाको प्रेरणालाइ यो गीतबाट झल्काउन खोजेके छु । मैले यस्तो वास्तवीक कथामा आधारित भावुक गीतमा पहिलो पटक छोटो समयमा शब्द ,संगीत गर्न सफल भएकोमा खुसी पनि छु । ‘जिन्दगी’ भिडियोलाई युवराज वाइवाले निर्देशन गरेका छन । निर्देशक वाइवाले भने, ‘यो मेरो लागि अहिलेसम्मकै फरक काम हो । त्यसैले, कोरोना कहरको बेला पनि जोखिम मेलेर निशुल्क रुपमा यो भिडियो तयार परेका हौँ ।’ भिडियोमा निर्मला न्यौपाने र रेखा घिमिरेलाई फिचरिङ गरिएका छ । ‘जिन्दगी’ युट्युबमा राखेपछि आउने रोयल्टी सिवाशं अवस्थीको उपचारमा खर्च गर्ने कलाकारहरूले बताएका छन । गायक भटटराइ भन्नुहुन्छ हामिले ‘जिन्दगी’ गीतलाई मेहेनत गरेर सकेसम्म राम्रो बनाउने प्रयास गरेका छौ, म आफै पनि स्टुडियोमा गाउदा गाउदै निकै भावुक भए सबै दर्शकहरुले मन पराइदिनुहुन्छ भन्ने आसा छ , सिवाशं उपचारमा सहयोग होस भन्ने हेतुले गीत बनाएको हुनाले सबै दर्शकहरुले हेरेर ,शेयर गरेर सहयोग गरिदिन गायक भट्टराईले आग्रह गरेका छन ।

 

तपाईको प्रतिक्रिया