अभिनेत्री प्रियंका चोपडा चर्चित एक्सन साइन्स फिक्सन मेट्रिक्सको चौथो श्रृंखलामा काम गर्ने पक्का भएको छ।टाइम्स अफ इण्डियाले सिनेमामा प्रियंका अनुबन्धित भएको जनाएको छ।

सिनेमामा प्रियंका अनुबन्धित भएको जनाइए पनि उनी कस्तो खाले भूमिकामा अनुबन्धित भएकी हुन्, भन्ने बारेमा केही उल्लेख गरिएको छैन।सिनेमामा क्यारी एनी मोस, नेल प्याट्रिक ह्यारिस र यह अभ्दुल-माटिन पनि प्रमुख भूमिका हुनेछन्।

सिनेमाको हालैमात्र बर्लिनमा पुनः काम सुरू भएको छ। मार्चमा कोरोना महामारी सुरू भएपछि सिनेमाको काम रोकिएको थियो। यद्यपी सिनेमाको सान फ्रान्सिस्कोको काम भने लकडाउन अगावै सकिएको थियो।

सिनेमाका एक्सन दृश्यका लागि कलाकारहरूले हप्तौसँग प्रशिक्षण लिइएको बताइएको छ। ‘द म्याट्रिक्स ४’ दुई वर्षपछि सन् २०२२ को अप्रिल १ मा रिलिज हुनेछ। प्रियंका पछिल्लो पटक ‘सोनाली बोसको’ द स्काइ इज पिंकुमा देखिएकी थिइन्।

सिनेमा गत वर्षको अक्टोबरमा रिलिज भएको थियो। सिनेमाको पहिलो भाग सन् १९९९ मा रिलिज भएको थियो। सिनेमामा कानु रिभ्सले ‘नियो’को भूमिकालाई निरन्तरता दिनेछन्।

सिनेमाको पछिल्लो श्रृंखला ‘द मेट्रिक्स स रिभोलुसन’ सन् २००३ मा रिलिज भएको थियो।

तपाईको प्रतिक्रिया