पछिल्लो समयकी चर्चित एब ब्यस्त मोडेल समिक्षा पोखरेल र स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठको डुब्लिकेट भनेर सामाजिक संजालमा भाईरल भएका प्रकाश चन्द अभिनित म्युजिक भिडियो ‘छुट्टने मायालाई’ युट्युब ट्रेडिङको अग्रस्थानमा अघि बढ्दै गरेको छ । सार्वजनिक भएको केहि घण्टा भित्रै युट्युबको ट्रेडिङमा पर्न सफल भएको भिडियो यो समाचार तयार गर्दा सम्म युट्युबको नेपाल ट्रेडिङको १७ औ स्थानाम रहदै निरत्तर अघि बढ्दै छ भने करिब ४ लाख भन्दा बढी दर्शकको हेरिसकेका छन ।
लोकप्रिय गायिका रचना रिमाल र सबिर ऐरको स्वर रहेको गीतमा बिष्णु भट्टको शब्द ,संगीत रहेको छ भने भिडियोमा चक्र बरालको छायाँकन , बिकास ज्ञवालीको सम्पादन र देबेन्द्र कुँवरको निर्देशन रहेको छ।
भिडियोमा प्रकाश र समिक्षाको साथमा निशा राई,राधाकृष्ण पुडासैनी र बेनिशा बेल्बासेको पनि अभिनय रहेको छ । भिडियोलाई एस थ्री के ईन्टरटेनमेन्टको अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।

 

तपाईको प्रतिक्रिया