काठमाडैं । पछिल्लो समयमा सांगीतिक क्षेत्रमा एकपछि अर्को कलाकारहरुले नयाँ नयाँ गीत सार्वजनिक गरिरहेका छन्। सांगीतिक बजारमा हरेक स्वादका गीतहरु सार्वजनिक भईरहेका छन् । सोही क्रममा चर्चित कलाकार तथा मोडल आशा बिश्वकर्माको मर्मस्पर्शी गीत “पिरको भारीले” सार्वजनिक भएको छ ।
यस गीतमा शान्ती श्री परियार र कुशल बेलबासेको स्वर रहेको छ भने बिक्रमबाबु बिश्वकर्माको शब्द, सन्दिप सेञ्चुरीको थेगो र संगीत रहेको छ । सो गीतको भिडियोमा जेरी भण्डारीको कथा तथा निर्देशन रहेको छ भने बिरेन्द्र परियारको छायांकन, अशिम चन्द्र बिश्वकर्माको सम्पादन रहेको छ ।
उक्त गीतको भिडियोमा उनै आशा बिश्वकर्मा, राज बानिया, शान्बी परियार, मनिशा बिक, नारायण जिसीको सशक्त अभिनय रहेको छ । “पिरको भारीले” नामक गीतलाई आशा बिश्वकर्माको युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।
गीतको भिडियोमा पारिवारिक समस्या तथा बाध्यताहरुलाई केल्याउदै श्रीमान अशक्त र गरिब भएपछि श्रीमती पैसा कमाउन बिदेश पलायन भएको र एक नेपाली नारी बलात्कृत हुनुका साथै नेपालमा सब ल्याईएको कथालाई समेट्ने प्रयास गरिएको छ ।
भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला ।










