काठमाण्डौ । आफ्नै देशको माटो छातीमा राख्दै लोक संगीतको माधुर्यताबाट स्वदेशको संस्कृतिलाई विश्वसामु परिचित गराउने उदेस्यका साथ् बिगत निकै लामो समयदेखि क्रियासिल लोकप्रिय गायक तथा सर्जक सबिनराज सेन्चुरी र राज बराइलीले भर्खरै मात्र आफ्नो पछिल्लो प्रस्तुतिको रुपमा “सातगाउँ” बोलको गीतलाई सार्वजनिक गरेका छन् ।
उनीहरु द्वयको प्रस्तुतिमा यसभन्दा पहिले पनि केहि गीतहरु बजारमा आइसकेका छन् । ति गीतहरुलाई अशंख्य श्रोता तथा दर्शकहरुले माया गरिदिनु भएकै करण यस गीतलाई सार्वजनिक गर्न सफल भएको गायक सबिन बताउँछन् ।
निकै मर्मस्पर्सी स्वादमा तयार भएको “सातगाउँ” बोलको गीतलाई लय र संगीत संयोजन बिष्णु तामांगले भरेका हुन् भने शब्द्द सबिनराज सेन्चुरी र राज बराइलीको रहेको छ । गीतमा स्वर भने सबिनराज सेन्चुरी, राज बराइली, रन्जिता बिस्वकर्मा र रमेशराज बराइलीको सुन्न सकिन्छ ।
यस गीतको म्युजिक भिडियोमा अमृता श्रेष्ठ, राजेश सापकोटा र नबिन श्रेष्ठको जीवन्त अभिनय देख्न सकिन्छ । सबिनराज सेन्चुरी नामको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको यस गीतको म्युजिक भिडियोलाई खामेश श्रेष्ठले निर्देशन गरेका हुन् भने छायांकन रामकृष्ण कंडेल र सम्पदान कल्पेश बिस्वकर्माले गरेका छन् ।
भिडियो हेर्न तल क्लिक गर्नु होला ।










