अहिले चियावालीको उपनामले सामाजिक संजालमा निकै नै भाइरल बनेकी नुवाकोटकी सृष्टि तामाङ जो आफ्नो दुई वर्षको आफ्नो दुधे बालकलाई आफ्नो पिठ्युँमा बोकेर रातको तीन बजेदेखि चिया बनाउँदै र बेच्दै आउनुभएको छ। उहाँको संघर्षको यो दृश्यलाई गोदावरीका एकजना फोटो पत्रकार गजेन्द्र राज नेम्बाङले सामाजिक संजालमार्फत सेयर गर्नुभयो र यो दृश्य यतिबेला संसारभर भाइरल बन्न पुग्यो।
सामान्य व्यापार गरेर चिया बेच्दै गरेको मान्छे यस्तो चर्चा पाउँदा कस्तो हुँदो रहेछ भन्ने प्रश्नमा उहाँ भन्नुहुन्छ,’ एकदमै खुसी लागिरहेको छ,यस्तो हुन्छ भनेर सपना पनि देख्या थिइन। यत्रो सबैनना दाजुभाइ,दिदीबहिनी,आमाबुबाहरूले मन पराइदिनुहुन्छ भनेर खासै आशा पनि गरेको थिइन। यति धेरै माया गरिदिनुभएको छ।उहाँहरू सबैलाई मनदेखी नै धन्यवाद भन्न चाहन्छु। ‘
उहाँ बिहान राती तीन बजेदेखि नै आफ्नो बच्चा पिठ्युँमा बोकी चिया बेच्नुहुँदो रहेछ। उहाँको माइतीघरतिर दिदीबहिनीहरू भएतापनी घरपटी चाहिँ खासै कोहि हुनुहुन्न रहेछ। उहाँको श्रीमान चाहिँ अहिले सुनधारामा सानोतिनो ठेक्कापट्टा गर्नुहुँदो रहेछ। यिनै चियावाली अर्थात सृष्टि तामाङलाई सजग बनाउन पुन्य गौतमले आफ्नो भनाइ राखेका छन हेरौ उनको भनाइ ।