भक्तपुर – नेकपा एमालेको भात्री संगठन युवा संघ नेपाल भक्तपुरको नेतृत्वमा रंजन मोहन सैंजु-रने मनोनयन भएका छन्। बिगत लामो समय देखि नेकपा एमालेको राजनीतिमा सक्रिय रही संगठन निर्माणमा महत्वपुर्ण भूमिका निर्बाह गर्दै आएका उनि नेकपा एमालेको संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३औँ स्मृति दिवसको सन्दर्भ पारेर युवाहरुको बृहत् भेला मार्फत पिपुल्स भोलेन्टियरको घोषणा गरिएको कार्यक्रम युवा संघ नेपाल केन्द्रिय कमिटिले आयोजनामा गरेको थियो। उक्त कार्यक्रममा युवा नेता रंजन मोहन सैंजु-रने लाइ नेकपा एमाले युवा संघ नेपाल भक्तपुर जिल्ला कमिटिको अध्यक्षमा चयन गरिएको कुरा युवा संघ नेपालका अनुशासन आयोगका अध्यक्ष तथा युवा नेता दिपक थापाले जानकारी गराएका छन्।
नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्रि माधव कुमार नेपालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको एक हजार एक सदस्यीय ‘पिपुल्स भोलेन्टियर’ घोषणा गरिएको कार्यक्रममा नेकपा एमालेको भात्री संगठन युवा संघ नेपाल भक्तपुरको नेतृत्वमा रंजन मोहन सैंजु-रने, उपाध्यक्ष बिजय कुँवर लगायत ५५ जिल्ला सदस्य कमिटि घोषणा गरिएको छ, भने त्यसैगरि पिपुल्स भोलेन्टियरको अध्यक्ष उमेश घोरासैनीको नेतृत्वमा १०१ जिल्ला सदस्य कमिटि घोषणा गरिएको कुरा युवा नेता दिपक थापाले बताए।










