नेपाली कांग्रेस केन्द्रीय तरुण विभाग विदेश समन्वय समितिको भर्चुअल मिटिङ सम्पन्न भएको छ । उक्त कार्यक्रमको अध्यक्षता केन्द्रीय सदस्य एवं विदेश समन्वय संयाेजक पासाङ नर्वु लामा ले गर्नु भएको थियो भने कार्यक्रम सन्चालन केन्द्रीय सदस्य, विदेश समन्वय सह- संयाेजक शंकर प्रसाद न्यौपाने ले गर्नु भयो ।

विभिन्न देशका शाखा प्रमुखहरुको सहभागितामा कार्यक्रम (भर्चुअल मिटिङ) सम्पन्न भएको र एक कुशल मित्रताको रुपमा नेपाली जनताहरुको हरेक समस्या र चुनौतीलाई समाधान गर्नुपर्ने अभिप्राय ले विभिन्न देशमा रहनु भएको साथीहरूलाई एक आपसमा परिचयात्मक कार्यक्रम राख्दै विदेश समन्वय समितिको भावी कार्य योजना र भूमिकाको विषयमा गहन छलफल भएको थियो ।

त्यसै गरि नेपाली कांग्रेसको आसन्न १४ औ महाधिवेशनमा विदेश समन्वय समिति बाट उपस्थिति कस्तो रहने? भावी कस्तो रणनीति तथा कार्ययोजना लाई मुलभुत रुपमा अग्रसर गराउने ? र हरेक देशमा भैइरहेको NRN को अधिबेशनमा समन्वय समितिका साथिहरुको के कस्तो भुमिका रहने ? जस्ता महत्त्वपूर्ण विषयमा गम्भीरतापुर्वक छलफल भएको तरुण विभाग केन्द्रीय सदस्य एवं विदेश समन्वय सह-संयाेजक शंकर प्रसाद न्यौपाने ले जानकारी गराउनु भएको छ।

तपाईको प्रतिक्रिया