अाेम प्रकाश भुसाल । मलेसिया अगस्ट १० तारिख ।मजदुरका लागि मजदुर अभियान नेपाली मजदुर एकता समाज मलेसिया समितिको प्रथम अधिबेशन खुल्ला प्रतिस्पर्धाबाट हुने भएकाे छ । गैरसरकारी ,गैरराजनीतिक तथा गैर मुनाफा मुखी रहने प्रतिबद्धता सहित स्थापना भएको नेपाली मजदुर एकता समाज मलेसिया समितिको प्रथम अधिबेशन अाउदाे अाईतबार १५ अगस्ट सन् २०२१ मा हुने नेपाली मजदुर एकता समाज मलेसिया समितिका निबर्तमान अध्यक्ष राम प्रसाद सुबेदी संगमले जानकारी दिनुभयाे ।

अधिबेसनलाइ थप प्रभाबकारी बनाउन ३ सदस्यीय निर्वाचन समिति गठन गरि सम्पुर्ण जिम्मेवारी निर्वाचन समितिलाई दिईएकाे छ। निर्वाचन समितिकाे संयाेजकमा तिलाेचन गाैतमलाई जिम्मेवारी दिईएकाे छ भने सदस्यहरुमा अार एन चाैधरी थारु र रेश्माकला राईलाई जिम्मेवारी दिईएकाे छ। अागामि अाईतबार हुने अधिबेशनमा नेपाली मजदुरका हिक हितका निम्ति काम गर्न चाहाने र मलेसियामा श्रम गरिरहेका नेपाली श्रमिकहरुले संस्था को बिधान संम्बत रहेर जुनसुकै पदका लागि अागामी बिहिबार बेलुकी ५ बजेसम्म निर्वाचन समितिमा खुला उमेदवारी दर्ता गरि प्रतिस्पर्धा गर्न सकिने छ।

स्वदेश देखि प्रवास सम्म छरिएर रहनु भएको सम्पुर्ण श्रमजीवी नेपाली दाजुभाइ दिदीबहिनीको श्रम शोषण उत्पीडन र अन्यायको विरुद्धमा न्यायको पक्षमा विना स्वार्थ विना पुर्वाग्रह गैरसरकारी , गैरराजनीतिक तथा मुनाफा रहित रूपमा अभिभावक बन्ने अन्यायमा परेका सम्पुर्ण श्रमजीवी हरुलाइ सम्पुर्ण हिसाबले सहयोग गर्ने मुख्य उद्देश्यले २८ जुलाई २०१९ मा मलेसियाको राजधानी क्वालालम्पुर बाट औपचारिक स्थापना भएर संचालन हुँदै आएको नेपाली मजदुर एकता समाज यतिबेला नेविश्वका विभिन्न मुलुकमा सक्रिय र प्रत्यक्ष श्रमजीवी संग सहकार्य गर्दै आएको संस्था हाे।

तपाईको प्रतिक्रिया