काठमाडौं, विगत लामो समयदेखि अभिनेता ऋतिक रोशन र अभिनेत्री दीपिका पादुकोणको अभिनय रहने नयाँ फिल्म ‘फाइटर’ चर्चामा छ । उनीहरु पहिलो पटक एकसाथ देखिन लागेका कारण यो फिल्म दर्शकमाझ प्रतिक्षीत बनेको छ ।
सिद्धार्थ आनन्दको निर्देशनमा बन्न लागेको ‘फाइटर’ २६ जनवरी २०२३ मा रिलिज हुने भएको छ । पहिला फिल्मलाई २०२२ मा रिलिज गर्ने तयारीमा निर्माण टिम थियो
फिल्ममा हवाई एक्सन र फाइटिङ अत्याधिक देखाइनेछ । जसका लागि हलिउडबाट फाइट कोरियोग्राफीलाई झिकाउने तयारीमा निर्माण टिम छ । यो भारतको पहिलो एरियल एक्सन फिल्म दाबी गरिएको छ । भारतसँगै ग्लोबल अडियन्सलाई ध्यानमा राखेर निर्माण गर्न लागिएको फिल्मको स्क्रिप्ट तयार हुन वर्षौं लागेको थियो । फिल्मको लागत २ सय ५० करोड अनुमान गरिएको छ ।