काठमाडौँ – विमेन इन रोटरी कमिटि डिष्ट्रिक ३२९२ नेपाल – भुटानले आउंदै गरेको हिन्दु महिलाहरुको महान पर्व तिजको उपलक्ष्यमा तपस्थलि बृदाश्रममा आश्रित १३ जना बृद आमाहरुलाइ भोजन, तन्ना १२ सेट, साबुन आदि सप्रेम सेवा अर्पण गरेको छ।

यसै अवसरमा वुमन इन रोटरी कमिटि चेयर रोटेरियन सपना रीजाल ज्युले तपस्थलि बृदाश्रम सञ्चालक समितिका पदाधिकारीहरुलाइ धन्यवाद ज्ञापन गर्दै रोटरीको तर्फबाट आश्रमलाइ आबश्यक सहयोग जारि रहने प्रतिबद्धता व्यक्त गरेको थियो।

सो अवसरमा वुमन इन रोटरी कमिटिले स्थानिय निकायको निर्देशन पालना गर्दै उपस्थित कमिटी सदस्यहरु बिच हरितालिका तिजको शुभ-कामना आदान प्रदान गरि फेलोसिप कार्यक्रम पनि सम्पन्न गरेको छ। उक्त कार्यक्रममा डिष्ट्रिक ३२९२ नेपाल – भुटानकै पहिलो र एक मात्र महिला डिष्ट्रिक गभर्नर रोटेरियन जया राज्यक्ष्मी शाहज्युले महिलाहरु आफ्नो क्षेत्रमा अगाडि बढ्नु छ भने एकले अर्काको हातमा हात मिलाई अघि बढ्नु र बढाउनु पर्ने कुरामा जोड दिदैं हामी महिलाहरुले हरेक क्षेत्रमा हामि सक्षम छौ भन्ने कुरा पनि काम बाट साबित गर्नु पर्ने बताउनुभयो। कार्यक्रममा २२ जना महिला रोटेरियनहरुको सहभागिता रहेको थियो।

यस अवसरमा वरिष्ठ लोकदोहोरी गायिका सरु थापाको उपस्थितिमा भजन तथा दोहोरी गित प्रस्तुतिले बृद्धाश्रम तथा फेलोशिप कार्यक्रमको माहोल उल्लासमय र अवष्मरणिय बनेको थियो।

तपाईको प्रतिक्रिया