राज श्री इन्टरटेनमेन्ट नेपाल सङग को सहकार्यमा धिमाल फिल्मस को ब्यानरमा बन्न लागेको सिरिज “आलु जस्तो लव” को सम्पुर्ण तयारी सकाएर आउदो २५ गते फ्लोरमा जाने भएको छ। जसमा दिवस नाथ ले प्रीन्स को मुख्य भुमिका निर्वाह गर्ने भएका छन! उमेर ले भर्खर २४ बर्षमा प्रबेश गरेका दिवस नाथ एक थ्रीयटर आर्टिस्ट हुन! तेक्वान्दो खेलाडी सम्म रहेका दिबस नाथ म्युजिक भिडियो लगाएत चर्चित नेपाली सो क्राइम पेट्रोलमा पनि अभिनय गरेका छ्न र मेघा स्टार अनमोल के.सि को आगामी फिल्म “एक्स 9” मा पनि दिवस नाथ को अभिनय देख्न पाइने भएको छ। साथै up entertainment ले आयोजना गरेको (SLC PRINCE & PRINCESS 2073) सुदुरपच्छिम विजेता पनि हुन दिबस नाथ …..
देव धिमाल को निर्देशन कृष्ण के.सि को लेखन विजय राज भुर्तेलको सम्पादन दिनेश गौतमको संगीतमा दिनेश गौतम र अनु सिह को स्वर रहने भएको छ । सिरिजमा अश्मित पोखरेल ले मुख्य सहायक निर्देशक को रुपमा काम गर्ने भएका छ्न। काठमाडौ वरिपरि छायांकन हुने सिरिज को पोस्ट प्रोडक्सनको जिम्मा विजय राज फिल्मस लाई दिइएको छ। सिरिजमा शारदा गिरि (काली बुढी) राजकुमार शाह, सुवास भट्टराई ,भिमसेन खतिवडा,प्रीयन्सी श्रेष्ठ ,प्रीयन्का श्रेष्ठ,दिवश नाथ,सुमन थोप्रा लिम्बू लगायत का कलाकार हरु को मुख्य भुमिका रहने भएको छ।