मोडल निशा घिमिरेको पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । उनको पार्थिव शरीरलाई आज (बिहीबार ) बिहान ८ बजे देखि ९ बजेसम्म पशुपति आर्यघाटमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो।

निशाको बुधबार बेलुका ६ बजेर ५१ मिनेटमा नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । श्रद्धाञ्जलीका लागि कलाकारहरुको उपस्थिति रहेको थियो ।

तीन वर्षअगाडि भारतमा अध्ययनका लागि पुगेकी निशा गम्भीर कार दुर्घटनामा परेकी थिइन् । लामो समय भारतमा नै उपचार गराउँदै आएकी निशाको गत जेठदेखि नर्भिक अस्पतालमा उपचार भइरहेको थियो । केही समय स्वास्थमा परिवर्तन आएजस्तो देखिए पनि मङ्गलबारदेखि उनको स्वास्थ्य अवस्था बिग्रेको अस्पतालले जनाएको थियो ।

निशाले थुप्रै म्युजिक भिडियो र सिरियलमा अभिनय गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया