काठमाण्डौ भाद्र ०५ – कसैले भन्छन् नजर बन्दमा राखिएको, कसैले भन्छन् उनको स्वतन्त्रताको कुरा हो, कुनै दवाब छैन । नेपाली लोक तथा दोहोरी गायिका बिष्णु माझीका बिषयमा अनेकौं टिका टिप्पणीहरु आउने गर्दछ । अशंख्य श्रोता तथा दर्शकहरुले पनि उनलाई सार्बजनिक भएको देख्ने इच्छा गरेका छन् । यसैले पनि होला आम नेपालीको चाहनालाई केन्द्रित गर्दै लोक दोहोरी गायक केदार खोटांगेले भर्खरै मात्र “बिष्णु माझि दिदि” बोलको गीत सार्बजनिक गरेका छन् । गीतमा, बिष्णु माझि किन घर भित्र थुनिएर बसेकी होलिन् ? ३ करोड नेपालीको चाहना नै उनि सार्बजनिक भएको देख्न चाहने इछया चेको भाव समाबेश गरिको छ ।
केदार खोटांगेको लय तथा शब्द द्वारा सुसजित गीतमा केदार खोटांगे र देवी आलेको स्वर सुन्न सकिन्छ । हाललाई यस गीतको म्युजिक भिडियोलाई स्टुडियो भर्सनमा सार्बजनिक गरिएको छ । भिडियोमा बिद्या लामा र मुना गोपालिको फिचारिंग रहेको छ । भिडियोलाई छायांकन राम केसी ले गरेका छन् भने केदार खोटांगेको निर्देशन तथा दिपक बिस्टको सम्पादन रहेको छ ।
भिडियो हेर्न तल क्लिक गर्नु होला ।