काठमाडौँ : बालबालिका देखि पाको उमेर सम्मका हरुको लागि आकर्षण ड्रेस डिजाईन गरेर आफ्नो शिप र कलालाइ लोकप्रिय बनाउँदै आएकी फेसन डिजाइनर ईन्ता श्रेष्ठ (ईन्ता अटायर) ले हरेक उमेर समूहका महिला तथा पुरुषको ड्रेस डिजाइन गरेर सेवा प्रदान गर्दै आएकी छिन । कलाकार, राजनीतिकर्मी, ब्यबसायीदेखि आम मानिसका लागि ड्रेस डिजाइन गरेर चर्चामा रहेको ईन्ता अटायर फेसन सो, सामाजिक कार्य लगायत विभिन्न ईभेण्टहरु समेत आयोजना गर्दै आएको छ।
कोभिड-१९ को महामारीमा समेत भर्चुअल तिज फेसन ईलुस्ट्रेसन कम्पिटिसन गरेर उनले फेसन संसारमा छुट्टै पहिचान बनाउन सफल भएकी छिन। एक समारोह बीच “तिज फेसन ईलुस्ट्रेसन कम्पिटिसन” को विनर घोषणा कार्यक्रम गर्दै इन्ता अटायरले बिजेता तथा प्रतिश्प्रधिहरुलाई प्रमाणपत्र वितरण गरेको छ। उक्त प्रतिश्प्रधामा एन्जिला श्रेष्ठले अन्य ११ जनालाइ पछि पार्दै ट्रफि जित्न सफल भएकी थिइन् भने उनले ट्रफि सहित उपहार समेत पाएकी थिइन्। प्रतिश्प्रधामा सबिता गिरि, मेरी श्रेष्ठ, मनिता यादब, आर्जु प्रधान, सारा कन्दवा, मिरा शाही, ब्रह्मा पन्त, साजन श्रेष्ठ, सरस्वति महत, सलिना खरेल, ममता कामत र एन्जिला श्रेष्ठ रहेका थिए।
प्रमुख अतिथि अभिनेता तथा बरिष्ट फेसन कोच कोरियोग्राफर प्रसान्त ताम्राकारको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बिसेष अतिथिहरुमा बरिष्ट सौन्दर्यबिद सोनी कारंजित, कलाकार तथा संचारकर्मी सुर्य चन्द, समाजसेवी तथा ब्यबसायी रेश्मा श्रेष्ठ, चलचित्र निर्देशक समुन्द्र भट्ट, समाजसेवी धनु सिंजाली मगर, समाजसेवी सुन्दर थापा रहेका थिए।
उक्त कार्यक्रममा प्रमुख अतिथि लगायत अतिथिहरुले ईन्ता श्रेष्ठ र ईन्ता अटायरले फेसनको संसारमा पुर्याएको योगदानको खुलेर प्रशंसा गरेका थिए भने कार्यक्रममा ईन्ता अटायरमा कार्यरत सुन्नत रसुल मिया अन्सारी, मोहमद अरिफ मिया तेली, र सुमिना महर्जनलाइ समेत प्रसंसा पत्र प्रदान गरिएको थियो।
कार्यक्रममा बोल्दै ईन्ता अटायरकि अध्यक्ष ईन्ता श्रेष्ठले ईन्ता अटायरको शाखा अस्ट्रेलियामा समेत खुलेको र चाडैंनै पत्रकार सम्मेलन गरि उक्त कार्यको जानकारी गराउने बताइन। काठमाडौंको माछापोखरीमा अबस्थित ‘ईन्ता अटायर’ सर्वसाधारणदेखि सेलेब्रेटिहरुको रोजाइमा परेको छ । उमेर, पेसा, शारीरिक बनावट, रङलाई ध्यान दिएर गरिने फेसनले मानिसको व्यक्तित्वमा निखारता ल्याउउने भएकाले आफूले यी कुरालाई ध्यान दिएर डिजाइन गर्दै आएकी ईन्ता अहिले चर्चामा रहेकी छिन। ग्राहकको रुचि र इच्छालाइ ध्यान दिएर आफूले सर्वसुलभ रुपमा डिजाइन तयार गर्दै आएको समेत ईन्ता बताउछिन।