स्थायी घर भक्तपुर भएका गीतकार तथा गायक जी.एस थापाको पछिल्लो प्रस्तुति “सासै गनाउने” सार्बजनिक भएको छ । उनले यस अघि रातो सारी, ६० हजारको सुन, टेन्सन भो, यस्तै रैछ माया प्रिती, मान्छे तिमि नानि, छैनौ तिमि सानी, काली पनि ठिक गोरी पनि ठिक लगाएतका थुप्रै गीतहरु बजारमा ल्याइसकेका छन् । यो संगै भर्खरै बजारमा आएको “सासै गनाउने” बोलको गीतलाई पनि पहिलेका गीत जस्तै अशंख्य श्रोता तथा दर्शकहरुले मन पराइदिनु हुनेछ भन्ने कुरामा जी.एस ढुक्क रहेका छन् ।
माथि उल्लेखित गीतमा जी.एस थापा र जगतको सुमधुर स्वर सुन्न सकिन्छ । गीतलाई शब्द संगीत जी.एस थापाले नै भरेका छन् । गीतमा मध्यपान सेवन गरेर आफ्नो घर बेवाहारप्रति चासो नदेखाउदा भएको क्षेतीलाई सकारात्मक सन्देशको रुपमा प्रस्ट्याउन खोजिएको छ । यस गीतको म्युजिक भिडियोमा जी.एस थापा, रिया, राजाराम थापा, युबराज थापा, कृष्ण चापागाईं, श्याम पाण्डे, प्रेम थापा लगाएतको अभिनय देख्न सकिन्छ ।
भिडियोलाई निर्देशन गायक , संगीतकार तथा गीतकार जी.एस थापाले नै गरेका हुन् भने छायांकन तथा सम्पदान दिप सागरले गरेका छन् । जी.एस थापाको प्रस्तुतिमा रहेको “सासै गनाउने” बोलको गीतलाई जी.एस म्युजिक नामको युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।
भिडियो हेर्न तल क्लिक गर्नु होला ।