लामो समयदेखि विभिन्न हाँस्य टेलीफिल्म, टेलीफिल्म र ठूलो पर्दाको फिल्ममा प्रायः जसो नेपाल प्रहरीको भूमिकामा अभिनय गरी लोकप्रियता बटुल्दै आएका कलाकार विनोद केसी पछिल्लो समयमा म्युजिक भिडियो निर्देशन र गीत रचनामा समेत सक्रिय हुन थालेका छन् ।
उनै विनोदका शब्द रचनामा अदृश्यभित्रको लजावती बोलको आधुनिक गीत म्युजिक भिडियोसहित सार्वजनिक गरिएको छ । गायक प्रमोद खरेलको स्वर रहेको गीतमा आलोकश्रीको संगीत रहेको छ । प्रेम कहानीमा आधारित गीतको म्युजिक भिडियोमा विनोद केसी र सारिका केसीले अभिनय गरेका छन् ।
कथानक म्युजिक भिडियोको कथा र निर्दशन पनि विनोदले नै गरेका छन् । केसीले आप्mनो यो पछिल्लो म्यृुजिक भिडियो राजधानीको वसन्तपर दरबार, रानीपोखरी, धरहराजस्ता पूरातात्विक तथा ऐतिहासिक क्षेत्रमा छायाँकन गरेका छन् ।
चखेवाको जोडी भयौ संगै हिड्दा सबैमाझ,
एहि जोडीको कहानीमा गजल बन्यो एउटा आज
लज्जावती झै लजाउछेउ मुटु छुने गरि
अप्सरा त ठिकठिकै हो लाग्छ तिमी परी
गीतमा प्रेमीले आफे प्रेम र प्रेमीकाको बयान गर्ने क्रममा भनेका छन् । म्युजिक भिडियोमा किरण चौसिरको छायाकन तथा राज कुमार मगरको सम्पादन रहेको छ। भिडियो सिजिएफ च्यानलबाट सार्वजनिक गरिएको हो।










