पौष ०३ काठमाण्डौ – पछिल्लो समय काँठ क्षेत्रका गीत संगीतको उचाई ह्वात्तै बढेको छ । यसको कारण भनेको संचार माध्यमलाई बुझेर पनि हुन सक्दछ । पहिले जस्तो अहिले कुनै पनि गीत तयार पारिसकेपछि संचारमाध्यमलाई उपलब्ध गराउने क्रम घटेको छ । तर काँठ क्षेत्रका कलाकारहरुले भने हरेक आफ्ना सिर्जनाको चर्चाको निमित्त संचार माध्यम अपरिहार्य भएको मनन गरेको हुनाले पनि यो स्थति आएको हुन सक्दछ ।

यसै क्रममा पछिल्लो समय हरेक संचारमाध्यममा “रामजाने” बोलको गीत निकै घन्किने गरेको पाइन्छ । प्रस्तुत गीतमा सागर दंगाल, बि.बि.सी च्यांग्बा लामा, सिता दुलाल र रेनुका खतिवडाको सुमधुर स्वर सुन्न सकिन्छ । यी समूह बाट स्वर बद्ध यो गीत मौलिक स्वादमा तयार भएको छ । गीतलाई लय मदन सुफिक्सले तयार पारेका हुन् भने शब्द सित दुलालको रहेको छ ।

“रामजाने” बोलको म्युजिक भिडियोमा सन्जिब ठकुरी र रिचा थापाको आकर्षक अभिनय सहितको नृत्य देख्न सकिन्छ । गीत सुन्दा कुनै मेला पर्बमा रहेर दोहोरीको सवाल जवाफ गरिएको महसुस हुनेछ । यस गीतको म्युजिक भिडियोलाई निर्देशन निरेन श्रेष्ठले गरेका हुन् भने कोरिग्राफी अमोन राना, छायांकन मुकेश हुमागाईं र सम्पादन संगीत बानियाँले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया