काठमाडौं । अखिल नेपाल महिला संघ (अनेमसंघ) ले सुन्दरी प्रतियोगिताको आयोजक मनोज पाण्डेले ८ वर्ष अगाडि सुन्दरी प्रतियोगिताको प्रक्रियाको क्रममा यौन दुराचार तथा बलात्कार जस्तो अपराधको घटनाप्रती गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
अनेमसंघकी संयोजक थममाया थापाद्धारा जारी प्रेस विज्ञप्तिमा उक्त प्रकरणलाई मानवता विरोधी, हिंस्रक, आपराधिक जतिसुकै निन्दा र भत्र्सना गर्दा पनि नपुग्ने पाशविक घटना भएको जनाइएको छ ।

बिज्ञाप्तिमा भनिएको छ, अखिल नेपाल महिला संघ आफ्नो स्थापना कालदेखि नै सबै प्रकारका महिला हिंसा अन्त्यका लागि अनवरत संघर्ष गर्दै आईरहेको छ । यसै सन्दर्भमा हालै बाहिर आएको सुन्दरी प्रतियोगिताको आयोजक मनोज पाण्डेले ८ वर्ष अगाडि सुन्दरी प्रतियोगिताको प्रक्रियाको क्रममा यौन दुराचार तथा बलात्कार जस्तो गम्भीर अपराधको घटना बाहिर आएको छ । यस घटनाले अनेमसंघको गम्भिर ध्यानाकर्षण भएको छ ।

अत्यन्तै दुःखद घटनाले हामी सबै दुखित र ममार्तहत भएका छौं । घटनाको दोषीको रुपमा मनोज पाण्डे लगायत अन्य व्यक्तिको नाम पनि आएको छ । यो घटनाको सत्य तथ्य छानबीन गरी, तथ्य पत्ता लगाई दोषीलाई कडा भन्दा कडा कारवाही गर्न हामी अखिल नेपाल महिला संघ जोडदार माग गर्दछौं । साथै पीडितलाई न्याय र क्षतिपूर्तिको जोडदार माग समेत गर्दछ । यसका साथै बलात्कार लगायत सबै प्रकारका गम्भिर प्रकृतिका यौनजन्य हिंसाको कारवाहीको प्रक्रियामा हदम्याद नराखी उजुरी गर्न पाउने प्रक्रियाका लागि तत्काल कानून संसोधन गरी कार्यान्वयन गर्न नेपाल सरकारसंग अखिल नेपाल महिला संघ जोडदार माग गर्दछ ।

हाम्रो समाजमा लामो समयदेखि बालिका÷किशोरी तथा सुन्दरी प्रतियोगिता, (मिस टिन) र यस्ता खालका कार्यक्रमहरुले महिला हिंसाका अनेकौं विकृत र श्रृंखलाबद्ध घटनाहरुलाई पितृसत्ताात्मक संरचनाको बलमा प्रश्रेय दिईरहेका छन् । यस्ता खालका कार्यक्रमहरुले निम्त्याउने खराव परिणतिहरु लगायत सबै प्रकारका महिला हिंसाको न्यूनिकरण साथै समूल अन्त्यका लागि बनाईएका कानूनहरुको दुरुपयोगलाई रोक्नुका साथै भएका कानूनको प्रभावकारी कार्यान्वयन र अपुग कानूनहरु बनाई लागु गर्नुपर्ने आवश्यकता द्ेखिएकको छ ।

समय र सन्दर्भमा आएको घटना र त्यसले समाजमा पारेको नकारात्मक प्रभावहरुको अध्ययन र विश्लेषणको आधारमा सरकार र समाजका सबै निकाय समेत सचेत भई अगाडी बढ्नु अपरिहार्य रहेको छ भन्ने कुराको आत्मसात गर्दै महिला हिंसा अन्त्यको लागि अखिल नेपाल महिला संघको दृढ प्रतिद्दद्धता व्यक्त गर्दछौं । पुनः अपराधीलाई कानूनतः कडा कार्वाही र पीडितलाई न्याय दिलाउन साथै कानूनमा आवश्यक परिमार्जन गर्न समेत अखिल नेपाल महिला संघ जोडदार माग गर्दछ ।

तपाईको प्रतिक्रिया