पोखरा –पछिल्लो समय पर्यटकको रोजाइमा पोखराको होटल सत्कार बन्न पुगेको छ पर्यटकको चहलपहल बढेको छ । कोरोना महामारीपछि गर्मियाम सुरु भएपछि देश तथा विदेशका पर्यटक आउन थालेको होटल सत्कार पोखराका म्यानेजिङ डाइरेक्टर राम किशोर शाहले बताए ।
“वसन्त ऋतुको सुरुवातसँगै पोखरा भ्रमणमा आउने पर्यटकको चहलपहल बढेको छ” उनले भने । केही दिनयता दैनिक पाँच हजार जना भन्दा माथिको संख्यामा पर्यटक पोखरा पुग्ने गरेका छन् । विन्दावासिनी मन्दिर , ताल बाराही , महेन्द्र गुफा लगायतका स्थान अवलोकन गर्न आउने पर्यटक पोखरामा बास बस्ने गर्छन् । अन्नपूर्ण चक्रिय पदमार्गको प्रमुख गन्तब्य पोखरा समेत बन्ने गरेको छ ।
चैत वैशाख महिनामा वरपरका पाखामा फुलेका लालीगुँरासको पृष्ठभूमिमा धौलागिरि, अन्नपूर्ण, निलगिरि, गुर्जा, मनास्लु, माछापुच्छे«, मानापाथी लगायत १६ वटा हिमालको अवलोकन गर्न सकिन्छ । स्वदेशी पर्यटकलाई आकर्षित गर्न सहुलियत दरमा होटल सत्कारले व्यवस्था मिलाएको उनले बताए ।

व्यवसायीहरुले एक रात बास बसेको, बेलुकाको खाना, बिहानको खाजासहित ९५० देखि एक हजार ६००० रुपैयाँको प्याकेज बनाएका हुन् । होटल सत्कारमा दैनिक २०० जना भन्दा बढी बास बस्न सक्छन् । यहाँ पुग्ने पर्यटकले मगर कला संस्कृतिको संग्रहालय, प्राकृतिक सौन्दर्यसहित सुविधासम्पन्न होटलका कारण स्वेदश तथा विदेशका पर्यटकको रोजाइमा रहेको छ । आकर्षक रुपमा सजावट गरिएको होटल सत्कारमा अन्तराष्ट्रिय स्तरको बातावरणमा सुविधा दिने गरिएको होटल सञ्चालक साहले बताए ।

तपाईको प्रतिक्रिया