काठमाडौँ । ‘मिस्टर एण्ड मिस टिन वल्र्ड नेपाल’ को दोस्रो संस्करण सुरु भएको छ । आयोजक फेलिज इन्टरनेशनलले मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै प्रतियोगीताको आवदेन समेत खुल्ला भएको जनाएको हो ।
पहिलो संस्करण २०१७ मा आयोजना भएको प्रतियोगीताको अहिले दोस्रो संकरण आयोजना हुन लागेको हो । १६देखी २१ बर्षसम्मका यूवा युवतीले भाल लिन पाउने प्रतियोगीता मोडलिङ्ग तथा अभिनय पेशामा आबद्ध हुन चाहनेका लागि अवसर पनि हो ।
एसईई तथा प्सल टु परिक्षा दिएर बसेका विद्यार्थीहरुको फूर्सद सदुपयोग गर्दै उनीहरुको आत्मविश्वास, कार्यक्षमता अभिबृद्धि तथा जनसम्पर्क स्थापनामा ठूलो मद्धत पु¥याउने उदेश्यले प्रतियोगीता आयोजना गरिएको आयोजकको भनाई रहेको छ ।
प्रतियोगीताका शिर्ष विजेताले १० अक्टुबरमा टर्कीको इस्तानबुलमा आयोजना हुने ‘टप मोडल अफ युनिभर्समा’ नेपालको प्रतिनिधित्व गर्ने अवसरका अलवा द व्रिटिस कलेजमा रु २० लाख रुपैंयासम्मको छात्रबृती, आयोजकका तर्फबाट नगद पुरस्कार रु १ लाख तथा विभिन्न उपहारहरु समेत प्राप्त गर्नेछन् ।
त्यस्तै फस्र्ट रनरअप तथा सेकेण्ड रनर अपले व्रिटिस कलेजबाट रु. १५ लाखसम्मको छात्रबृती तथा सहभागीले  पहिलो बर्ष अध्यायनका लागि पचास प्रतिशत छात्रबृत्ती प्राप्त गर्नेछन् ।
प्रतियोगीताको निर्णायकमा पूर्व मिस नेपाल उषा खड्गी,अभिनेता सलोन बस्नेत, सलिन मान बानियाँ, मोडल पुजा गिरी, कोरियोग्राफर रोजिन शाक्य लगायतका रहेका छन् । निर्णायकले अडिसन तथा विभिन्न प्रतिस्पर्धा मार्फत यस प्रतियोगीताका विजेता छनौट बताइएको छ । अडिसन जुलाई १६ मा द ब्रिटिस कलेज, थापथलीमा आयोजना हुनेछ ।
‘मिस्टर एण्ड मिस टिन वल्र्ड नेपाल’ युवा युवतीको  विकासमा ठूलो मद्दत पु¥याउने अपेक्षा आफुले गरेको आयोजक फेलिज इन्टरनेशनलका निर्देशक तथा टप मोडल अफ युनिभर्सका कन्ट्रि डाईरेक्टर साहील खानले बताए ।
प्रतियोगीताका यस अगाडिका विजेताले भने ब्राजिलको साउ पाउलोमा आयोजना भएको ‘मिस टिन वल्र्ड तथा मिस्टर टिन वल्र्ड’ मा सहभागिता जनाएका थिए । जसमा ‘मिस्टर टिन वल्र्ड नेपाल’ विजेता पंकज सिंह ठकुरी ब्राजिलमा फस्र्ट रनर अप भएका थिए, भने ‘मिस टिन वल्र्ड’ नेपाल शिर्षक विजेता स्वस्ती बैद्यले बेष्ट स्माईल तथा बेष्ट नेसनल कस्ट्युम टाईटल नेपाल भित्र्याएकी थिइन् ।
कार्यक्रममा प्रतियोगीताको निर्णायक समेत रहेकी पुर्व मिस नेपाल सौदर्य प्रतियोगीताले ब्यक्तित्व बिकाश मात्र गर्ने नभएर अवसरको समेत श्रृजना गर्ने बताइन् ।  
मिस्टर एण्ड मिस टिन वल्र्ड नेपालको हुने





					
				

































































