काठमाडौ सात नम्बर निर्वाचन क्षेत्रका जनताको माग निलकाजी शाक्य !
प्रकाशित मिति: मंगलबार, साउन २४, २०७९ समय: १:४६:५७
नेपाली कंग्रेशमा उहाँको योगदान ठूलो रहे पनि उहाँ अहिले सम्म पनि पार्टीको तर्फबाट कुनै लाभको पदमा रहि कुनै कमाउने कुरामा उहाँको मन गएन।
उहाँ सेतो मछिन्दनाथ मन्दिरको पुजारी परिवारको ब्यक्ती हुनुहुन्छ । नेपाली कंग्रेशमा अनुभवी पाको नेताको छवि बनाउनु भएको शाक्यसंग बिलकुल नयाँ भिजन रहेको छ।
नीलकाजी शाक्यलाई काठमाडौ क्षेत्र नम्बर सातको केन्द्रिय सान्सद हुनुपर्ने यो क्षेत्रका जनताको माग छ ।
काठमाडौ कंग्रेशले हारिरहेकोे बेला उहाँ २५ नम्बर वडामा जित हासिल गर्नु भयो ।
२००७ सालमा देखि जति स्थानीय निर्वाचन भए तेति पटक कम्युनिस्टले जितै आएको यो २५ नम्बर वडामा नेपाली कंग्रेशको झन्डा फहराउदै जित्नु भयो ।
चुनाव मात्र होईन उहाँले जनता मन जित्नु भएको छ।
जम्म ५५०० मत दाता मन मस्तिष्कमा बस्न सफल हुनु भएको थियो । महाभुकम्पले थलिएको काठमाडौमा
शाक्यले जितेको ठाउँमा बाटो घाटो बिहार ननि सबै काम सबै संग्रचना बनाउन सफल हुनु भयो।
महाबौद्धको ढल कसरी राम्रो गरि पास गर्न सकिन्छ भनेर उहाँले रिसर्च गर्नु भयो ।
राणा प्रधानमन्त्री वीर समशेरले काठमाडौको तीन हजार जनता लागि निर्माण गरेको ढल आज काठमाडौ जनसंख्या २५ लाख छ, तेहि भएर कसरी ढल समस्य निवारण गर्न सकिन्छ भनेर नयाँ तरिकाले ५ महिना लगाएर रिसर्च गरेको उहाँ बताउनु हुन्छ।
एडिबीसंग सम्झौता गरि मेहनत गरि योजना बनाउदै अगाडि बडनु भएको उहाँका योजनालाई काठमाडौ महानगर पालिका मियरले सम्म्भाबना छैन भनेर रद्ध गरिदिनु भयो । उहाँको पुर्खा नै यहि हो परिवारलाई माटो माटोले चिन्छ ।नेपाली कंग्रेशको काठमाडौ महानगर समितिको सभापतिमा ७६ प्रतिशात मत ल्यायर बिजय हुनु भएको हो।
नेपालमा हुन गइरहेको आसन्न निर्वाचन २०७९ मङ्सिर ४ मा मंसिर ४ गते संघको निर्वाचनमा काठमाडौ क्षेत्र नम्बर ७ को संघिय सान्सदको लागि उहाँलाई नै ल्याउनु पर्ने स्थानीय बताउछ्न।
शुसासनको पक्षमा लडिरहने शाक्य राणा शासनका बिपक्षको आन्दोलन होस वा राजतन्त्रविरुद्ध आन्दोलन समेत अग्रपंक्तिमा लडनु भएको छ।
उहाँ करिव साढ़े चार दशक देखि अविचलित रही राजनीति निरन्तरता कायम हुनुहुन्छ । यही जप, उपमाको अग्निपरीक्षाका रुपमा उम्मेदवारी दिनु पर्ने नेपाली काङ्ग्रेसका नेताहरु पनि माग छ।
समर्पणको कदर गरि सत्ता गठबन्धनले पनि उहाँलाई साझा उम्मेदवार बनाउन आवस्यक छ।
उहाँलाई नेपाली कंग्रेशमा मात्र होईन बामपंथीले पनि पूर्ण सहयोग र समर्थन गर्ने गरेको छ्न।
२०३३ सालमा राजनेता विपी कोइरालाले शुरु गरेको राष्ट्रिय मेलमिलाप निति कंग्रेसप्रतिको उहाँले मन पराएर राजनीतिमा होमिए शाक्य निडर हक्की मिजासिलो स्वभावको हुनुहुन्छ ।
त्यसपछि हरेक प्रजातान्त्रिक आन्दोलनमा अक्षुण रूपमा अहिले सम्म लागिरहनु भएको छ । विपी, गणेशमान जस्ता भाँचिने तर कहिले नदबिन नेताहरुको आशिर्वाद प्रेरणाले सतिसाल जस्तै राजनीतिक यात्रामा हुनुहुन्छ ।
२०३६ सालको बिणार्थी आन्दोलन होस या २०३७ सालको जनमत संग्रह, २०४२ सालको सत्यग्रहदेखि २०४६ सालको आन्दोलन होस या नेपालका हरेक प्रजातान्त्रिक आन्दोलन राजनीतिक क्रान्तिका उभार बोकेका गतिविधिमा लाग्नु भएको कर्तव्य निर्वाह गरेको स्थानीय बुद्धिजिबिले बताए ।
२०४३० सालमा राष्ट्रिय विद्यार्थी युनियन पब्लिक युथ क्याम्पसमा सभापति भएर काम गरेको अनुभव छ। उहाँका तेतिखेरका विद्यार्थी साथीहरु मन्त्री भैइसकेका छ्न पटक पटक !
गणतान्त्रिक व्यवस्थाका लागि भएको दोस्रो जनआन्दोलन पनि निलकाजिको अहम भूमिकामा रहयो। जेल नेल अनुभवले तिखार्यो ।
पदीय दायित्वको निर्वाह गर्ने क्रममा नेपाली कंग्रेशको युवा संघठन तरुण दलको केन्द्रिय सदस्य हुदै अहिले नेपाली कांग्रेसी काठमाडौ महानगर कमिटिको सभापति र वडा नं २५ को पुर्ब वडा अध्यक्ष भएर पार्टी र जनताको सेवामा समर्पित हुदै आउनु भएको छ।
शाक्यले राजनीतिलाई कुनै आर्थिक आम्दानीको स्रोतका रूपमा जिवनमा हेर्नु भएन।
यो कर्म उहाँको लागि देश र जनता प्रति विशुद्ध सेवा हो । परोपकार संस्था मार्फत २०२२ साल देखि सामाजिक सेवामा निरन्तर समर्पित हुनुहुन्छ ।
काठमाडौ महानगरपालिका बिपत्त व्यवस्थापन समितिको संयोजक भएर होस या जेष्ठ नागरिक हिमालय बुढापाका समाज नेपालको अध्यक्ष होस् या मछिन्द्र कल्बको संस्थापक सदस्य भएर जनसेवामा समर्पित रहेको सर्वविधित नै छ।
हारती माता सामाजिक सेवा संघका प्रमुख सल्लाहकार र नेपाल रेडक्रस सोसाइटीको आजिवन सदस्य भएर सामाजिक सेवामा समेत दत्तचित्त हुनुहुन्छ।
आरसिटी कल्बबाट अन्तराष्ट्रिय स्तरको फुटबल खेलाडी हुँदै बकक्सिङ, व्याडमिन्टन र टेबुल टेनिसको खेलाडी तथा प्रसिद्ध सेतो श्री मच्छिन्द्रनाथ मन्दिरमा पुजारी भएर अनुशासित जीवन बाकी पृष्ठभूमि छ ।
जसले निलजाजिलाई निस्कलन्क देखाउने गरेको छ।
जसले निलजाजिलाई निस्कलन्क देखाउने गरेको छ। समय सहकार्य र अनुशासन पालना गर्न सधै प्रेरित ब्यती ,स्वस्थ जीवनविना स्वच्छ समाज कसरी सम्भव छ, जीवनका विभिन्न आयाममा चलचित्र टेलिभिजन सिरियलमा अभिनय गरेर कलाक्षेत्रमा पनि आफूलाई परीक्षण गर्ने काम सम्पन्न गर्नुभएको छ ।
थुप्रै देशको भ्रमणले देश प्रति र माटो र मुटु बन सहयोग गरेको छ । विकासक रेखा कोर्न यी सबै अनुभव उत्प्रेरक हुने छ ।
ऐतिहासिक र सांस्कृतिक रूपमा यो महत्वपूर्ण रहेकोे सात नम्बर निर्वाचन क्षेत्रका जनताको माग उहाँ केन्द्रिय सान्सद हुनुपर्छ।
(रिपोर्टिङ शान्तिदिप रेग्मी )